Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

गुलरिया नगरपालिकाका ३ वटा विद्यालयलाई विज्ञान प्रयोगशाला सामग्री सहयोग

  • 1.4K
    SHARES
  •  

    वाके यूनेस्को क्लवले बर्दियाको गुलरिया नगरपालिकाका ३ वटा विद्यालयलाई विज्ञान प्रयोगशाला सामग्री सहयोग गरेको छ । प्लान नेपालको सहयोगमा सञ्चालित बालिका शिक्षा परियोजना अन्तरगत विद्यालयलाई विज्ञान प्रयोगशाला सामग्री सहयोग गरेको हो ।


    ADVERTISEMENT

    images

    प्रयोगात्म अभ्यासवाट विद्यार्थीको सिकाई उपलब्धि वढाउन विद्यालयलाई विज्ञान प्रयोगशाला सामग्री सहयोग गरिएको  बाँके युनेस्को क्लब वदियाका संयोजक गोविन्द लामिछाने ले बताउनु भयो । उहाँले गुलरिया नगरपालिकाको वडा नम्बर १ मा रहेको त्रिशक्ति मावि कमलपुर र वडा नम्बर ३ मा रहेको जानकी माध्यमिक विद्यालय का साथै वडा नम्बर ११ मा रहेको गौरीशंकर माध्यमिक विद्यालयमा करिब १८ लाख ७५ हजार मूल्य बराबरको सामग्री सहयोग गरिएको जानकारी दिनु भयो ।

    6260bb09-ffd7-411b-8fc0-18fc7d27672b.jpg

    सहयोग कार्यक्रममा वोल्दै गुलरिया नगरपालिकाका नगरप्रमुख मुक्तिनाथ यादवले गाउँ गाउँमा पनि विभिन्न किसिमका विज्ञान प्रयोगशालाहरु खुल्नुले विद्यार्थीको शैक्षिक क्षमतामा समेत प्रभाव पार्ने बताउनुभयो । उहाँले गाउँघरका विद्यालयहरूमा अहिलेसम्म विज्ञान प्रयोगशाला सञ्चालनमा आउन नसकेको बताउँदै विज्ञान प्रयोगशाला सञ्चालन भएपछि विद्यालयको क्षमतामा समेत वृद्धि हुने बताउनु भयो ।

    f19e25e2-589b-420f-837e-03125c331cf9.jpg

    गुलरिया नगरपालिकाकी उपप्रमुख सावित्रा गौतमले विद्यालयहरूमा विज्ञान प्रयोगशाला सञ्चालनमा आएपछि शिक्षक र विद्यार्थी दुवैको क्षमता बढ्नेमा आफू विश्वस्त रहेको समेत बताउनुभयो ।

    सामग्री हस्तान्तरण कार्यक्रममा बोल्दै प्लान नेपालकी क्षेत्रीय कार्यक्रम संयोजक मिना पराजुलीले विद्यालयहरूमा दिइने विज्ञान प्रयोगशालाका सामग्रीले विद्यार्थीको गुणस्तरमा वृद्धि हुनेमा ध्यान दिनुपर्ने कुरामा जोड दिनुभयो ।

    कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष यादव आचार्य , संचारकर्मी , गुलरिया नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत रूपसिंह खत्री शिक्षा शाखा प्रमुख सतिश यादव लगायत विद्यालयका शिक्षकहरूको समेत उपस्थिति रहेको थियो ।

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij