Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

राधाकृष्ण थारु जनसेवा केन्द्रद्वारा छात्रछात्रालाई शैक्षिक सामग्री वितरण

  • बर्दिया टुडे
  • 1.7K
    SHARES
  •  

    बर्दियाको राजापुर नगरपालिका वडा नं. ३ र ५ का विपन्न परिवारका १९ जना छात्रछात्रालाई शैक्षिक सामग्री वितरण गरिएको छ ।


    ADVERTISEMENT

    images

    वडा नं. ३ मा रहेको नेपाल राष्ट्रिय आधारभूत विद्यालय टेडियाका ४ जना र वडा नं. ५ को नेपाल राष्ट्रिय आधारभूत विद्यालय वदालपुरका १४ जना गरी १९ जना विद्यार्थी हरुलाई झोला र ड्रेस सहितको शैक्षिक सामग्री वितरण गरिएको हो ।

    शैक्षिक सामग्री वितरण गर्दै राजापुर नगरपालिकाका सामाजिक बिकास समितीका संयोजक रमेश दहितले  नगरपालिकाको समन्वयमा विद्यालयका विपन्न परिवारलाई शैक्षिक सामाग्री वितरण गरिएको जानकारी गराउनु भयो । उहाँले वितरण गरिएको शैक्षिक सामग्रीको उचित तथा भरपुर प्रयोगवाट बिद्यार्थीहरुको सिकाइ उपलब्धि वढाउन सहयोग पु¥याउने बताउनु भयो ।

    433982810_1341201333218935_7311885695872940136_n.jpg

    प्लान इन्टरनेशनल नेपाल तथा राधाकृष्ण थारु जनसेवा केन्द्र बर्दिया द्धारा संचालित शशक्त बालिका परियोजना अन्तरगत अर्थिक अभावका कारण विद्यालयमा ड्रप आउट हुनेहरुको संख्यामा कमि ल्याउन तथा सिकाई उपलब्धि वढाउन प्लान नेपाल द्वारा प्रत्यायोजित १० जना र अति विपन्न ९ जना गरी १९ जना वाल वालिका लाई शैक्षिक सामग्री वितरण गरिएको राधाकृष्ण थारु जनसेवा केन्द्रकी फिल्ड सुपर भाईजर रेणुका चन्दले बताउनु भयो ।

    434003160_436981752220796_6227515090253938785_n.jpg

    राधाकृष्ण थारु जासेववा केन्द्रले यसरी शैक्षिक सामग्री वितरण गर्दा विद्यार्थी मात्र नभई आर्थिक अभाव भएका अभिभावकलाई समेत सहयोग पगेको वताउदै विद्यालय कि प्रधानाध्यापक सिता चौधरीले यसवाट आर्थिक अभावका कारण विद्यालयबाट ड्रप आउट हुनेहरुको संख्या घटाउन सहयोग मिल्ने वताउनु भयो ।

    434043609_440033928473468_1696585498340440602_n.jpg

    शसक्त बालिका परियोजना बर्दियाको बारबर्दिया नगरपालिका, ठाकुरबाबा नगरपालिका, गेरुवा गाँउपालिका र राजापुर नगरपालिकामा संचालनमा रहेको छ । सन् २०२३ जुलाई देखी संचालनमा आएकाे परियोजना जुन २०२५ सम्म संचालन हुने छ  ।

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij