गेरुवा गाउँपालिकाले मध्यवर्ति क्षेत्र सम्बन्धी छलफलका लागि सर्व पक्षिय बैठक डाकेको छ।
गाउँपालिकाको सभा हलमा सोमवार विहान ११ बजे छलफलको आयोजना गरेको गेरुवा गाउँपालिकाले जनाएको छ ।
छलफल लाई केन्द्रित रहेर जिल्ला समवय समितिका सदस्य तिर्थप्रसाद जैसीको अध्यक्षतामा बसेको पालिकामा क्रियाशिल राजनैतिक दलका प्रतिनिधीहरु र मध्यवर्ती उपभोक्ता समितिका अध्यक्षहरु सहितको संयुक बैठकले गेरुवा गाँउ पालिका अन्तरगतका चार वटा मध्यवर्ति उपभोक्ता समितीका जनताहको मध्यवर्ति क्षेत्र प्रती व्यापक जनगुनासो रहेकोले मध्यवर्ति क्षेत्र वाट वाहीरीने गरी गेरुवा गाउँपालिका स्तरीय कार्यक्रममा प्रस्ताव पेश गर्ने निर्णय गरेको नेपाली काँग्रेस गेरुवाका सभापति प्रेम रावलले बताउनु भयो ।
साथै सर्वपक्षिय वैठक वाट मध्यवर्ती क्षेत्रवाट वाहिरिने र गेरुवा गाउँपालिकाको सिमाङकनको विषयलाई अनुमोदन गरेर अभियान चलाईने वताईएको छ ।