Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

विद्यालयलाई बिज्ञान प्रयोगशाला सामग्री हस्तान्तरण

  • बर्दिया टुडे
  • 1.6K
    SHARES
  •  

    बर्दियाको राजापुर नगरपालिका वडा नं. ८ मा रहेको भेरी माध्यमिक विद्यालयलाई बिज्ञान प्रयोगशाला सामग्री हस्तान्तरण गरिएको छ । विद्यार्थीको प्रयोगात्मक ज्ञान अभिबृद्धिकालागि आवश्यक पर्ने बिज्ञान प्रयोगशाला सामग्री हस्तान्तरण गरिएको हो ।


    ADVERTISEMENT

    images

    राजापुर नगरपालिका सामाजिक बिकास समितीका संयोजक रमेश दहित, वडा नं ८ का अध्यक्ष राजेश थारु र राधाकृष्ण थारु जनसेवा केन्द्र बर्दियाका सचिव युवराज श्रेष्ठले संयुक्त रुपमा बिज्ञान प्रयोगशाला सामग्री बिद्यालय व्यवस्थापन समितीका अध्यक्ष राम प्रसाद ढुङ्गाना प्रधानाध्यापक महादेव प्रसाद चौधरीलाई हस्तान्तरण गर्नुभएको हो ।

    प्लान इन्टरनेशनल नेपाल तथा राधाकृष्ण थारु जनसेवा केन्द्र बर्दिया द्धारा संचालित शशक्त बालिका परियोजना अन्तरगत ९ लाख ५१ हजार ९ सय २५ रुपैया बराबरको प्रयोगशाला सामग्री हस्तान्तरण गरिएको परियोजनाका संयोजक मनोज पौडेलले गेरुवा कर्णाली पोष्टलाई वताउनु भयो । उहाँले प्रयोगशाला सामग्रीले विज्ञानको विषयमा प्रयोगात्मक रुपमा विद्यार्थीलाई अब्बल बनाउने अपेक्षा समेत गरिएको वताउनु भयो ।

    सामग्री हस्तान्तरण गर्दै सामाजिक बिकास समिती संयोजक रमेश दहितले राधाकृष्ण थारु जनसेवा केन्द्रले राजापुर नगरपालीकामा शिक्षा, पोषण, बालविकास लगायतका क्षेत्रमा उल्लेखनिय कार्य गरेको तर्फ प्रष्ट पार्दै नगरपालिकाको समन्वयमा भेरी माबिलाई प्रयोगशाला सामाग्री प्रदान गरिएको जानकारी गराउनु भयो । उहाँले भन्नुभयो, ‘हस्तान्तरण गरिएको प्रयोगशाला सामग्रीले बिद्यार्थीहरुको सिकाइ उपलब्धि वढने र प्रयागात्मक रुपमा विद्याथीहरुलार्ई अब्बल वनाउन सहयोग पु¥याउने छ ।’

    राधाकृष्ण थारु जनसेवा केन्द्रका सचिव युवराज श्रेष्ठले राजापुर नगरपालिकामा शिक्षा क्षेत्रलाई मध्यनजर गरि विद्यालयलाई सामाग्री सहयोग गर्न पाउदा आफु हर्षित भएको उल्लेख गर्दै पालिकामा अन्य सहयोग सँगै जन चेतनामुलक कार्यक्रमहरु गर्दै लैजाने बताउनुभयो ।

    विद्यार्थीहरुलाई शैद्धान्तिक मात्र नभई प्रयोगशालामा प्रयोगात्मक क्रियाकलापका लागी सामग्रीको आवश्यकता पर्ने भएकोले नेतृत्वकारी भुमिका खेलेकोमा राधाकृष्ण थारु जनसेवा केन्द्र, प्लान इन्टरनेशनल नेपाल र राजापुर नगरपालिकालाई धन्यवाद दिदै समाग्रीको उचित प्रयोग गरिने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राम प्रसाद ढुङ्गानाले बताउनु भयो ।

    शसक्त बालिका परियोजना बर्दियाको बारबर्दिया नगरपालिका, ठाकुरबाबा नगरपालिका, गेरुवा गाँउपालिका र राजापुर नगरपालिकामा सन् २०२३ जुलाई देखी संचालनमा रहेको छ । परियोजना जुन २०२५ सम्म संचालनमा रहने परियोजना संयोजक मनोज पौडेलले वताउनुभयो ।

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij