Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

गेरुवा गाउँपालिकामा समुदाय र सरकारी वकील सम्वाद कार्यक्रम सम्पन्न

  • 1.3K
    SHARES
  •  

    बर्दिया जिल्लाको गेरुवा गाउँपालिकामा समुदाय र सरकारी वकील सम्वाद कार्यक्रम सम्पन्न भएको छ । जिल्ला सरकारी वकील कार्यालय बर्दिया र गेरुवा गाउँपालिकाको समन्वय तथा ब्यवस्थापनमा कार्यक्रम सम्पन्न भएको हो ।


    ADVERTISEMENT

    images

    कानुनमा सचेतना वृद्धि गर्न तथा कानुनमा सवैको पहुँच वढाउन तथा कानुनी शाक्षरता को विकास गर्दै पालिकाको समृद्धि र सुसासनका लागि शान्तीशुरक्षा तथा अपराध न्युनिकरणमा समुदायको भुमिकाका वारेमा जानकारी दिन कार्यक्रमको आयोजना गरिएको जिल्ला सरकारी वकील कार्यालय बर्दियाका जिल्ला न्यायाधिवक्ता नगेन्द्र लम्सालले वताउनु भयो ।

    सम्बाद कार्यक्रम.jpg

    उहाँले सरकारी वकील र समुदाय वीचको सम्बन्धले अपराधीलाई दण्डित गर्ने र पीडितलाई क्षतिपूर्तिसहितको न्याय दिलाउने काम हुने वताउँदै समुदाय र सरकारी वकील वीचको सम्बन्धले समाजमा शान्ति सुव्यवस्था कायम गर्न तथा अपराध नियन्त्रीत समाजको निर्माण गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउनु भयो । उहाँले भन्नुभयो, ‘सरकारवादी फौजदारी मुद्धा सरकारी वकीलले दायर गर्ने र दुनियावादी मुद्धाहरु व्यक्ति स्वयमबाट सम्बन्धित अदालतमा दायर हुन्छ ।’ ‘सरकारवादी फौजदारी मुद्धामा साक्षीहरुको सहयोग र प्रहरीसँगको समन्वयबाट मात्र अनुसन्धानमा प्रभावकारिता हुन्छ ।’, उहाँको भनाइ थियो ।

    Screenshot_20240328-200725.jpg

    जिल्ला न्यायाधिवक्ता लम्सालले सरकारवादी फौजदारी मुद्धा सरकारी वकीलले दायर गर्ने र दुनियावादी मुद्धाहरु व्यक्ति स्वयमबाट सम्बन्धित अदालतमा दायर हुने बताउनु भयो । सरकारवादी फौजदारी मुद्धामा साक्षीहरुको सहयोग र प्रहरीसँगको समन्वयबाट मात्र अनुसन्धानमा प्रभावकारिता हुने उहाँको भनाइ थियो ।

    Screenshot_20240328-200747.jpg

    कार्यक्रममा सरकारी वकीलको काम कर्तव्य र अधिकारका बारेमा जानकारी गराउँदै समुदाय र सरकारी वकील वीचको फौजदारी कसुर सम्बन्धि मुद्धाको विषयमा के कसरी सम्बन्ध कायम गर्ने, समुदायले सरकारी वकीलबाट के कस्तो अपेक्षा गर्ने, समुदायबाट सरकारी वकीलले के कस्तो अपेक्षा राख्ने विषयमा समेत जानकारी गराईएको थियो । त्यस्तै कार्यक्रममा लैङ्गिक हिंसाको परिचय सहित मुलुकी अपराध संहितामान भएको कसूर सम्बन्धि ब्यवस्थाकावारेमा पनि चर्चा गरिएको थियो ।

    Screenshot_20240328-200814.jpg

    गेरुवा गाउँपालिकाका अध्यक्ष जमान सिंह के. सी.को प्रमुख आतिथ्यतामा सम्पन्न सम्वाद कार्यक्रममा उपाध्यक्ष लक्ष्मीकुमारी चौधरी, प्रमुख प्रशासकिय अधिकृत नर बहादुर चन्द, वडाध्यक्षहरु, कार्यपालिका सदस्यहरु, वडा सदस्यहरु, कर्मचारीहरु, समुदायका वडघर लगायत सञ्चारकर्मीहरुको समेतको उपस्थिति रहेको थियो ।

    Screenshot_20240328-200700.jpg

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij