Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

मधुवनमा सामुदायिक अन्न भण्डार भवनकाे शिलान्यास

  • बर्दिया टुडे
  • 2.5K
    SHARES
  •  

    बर्दियाको मधुवन नगरपालिका वडा नं–१ पथ्थरबोझिमा सामुदायिक अन्न भण्डार निर्माणकोे शिलान्यास गरिएको छ । नगरपालिकाका नगरप्रमुख तेज बहादुर भाटले विहिवार शिलान्यास गर्नुभएको हो ।


    ADVERTISEMENT

    images

    घरमा भण्डार गरि राखिएको अन्न जंगली जनावर तथा हात्तीले खाई नोक्सान गरिदिने समस्यावाट आजित भएका स्थानीयहरुलाई अन्न सुरक्षीत राख्न सामुदायिक अन्न भण्डार निर्माण गर्न थालिएको उज्यालो नेपालका रमेशकुमार थापाले जानकारी दिनुभयो ।

    करिब १२ लाख रुपैयाँमा निर्माण हुने अन्न भण्डार बाट १ सय ३० घरधुरी लाभान्वित हुने थापाले बताउनुभयो । 

    1d993b57-cabc-4dab-9179-ad956a038d55.jpeg

    हरेक वर्ष हात्ती लगायतका जंगली जनावरहरुले घरमा भण्डार गरेर राखेको अन्न खाईदिने समस्यावाट आजित भएका स्थानीयहरु सामुदायिक अन्न भण्डार निर्माण हुने भएपछि हर्षित भएका छन् । स्थानीय धनिराम थारुले भने,‘ बल्ल अव हाम्रो राखेको अन्न बच्ने भो ।’

    मधुवन नगरपालिका, डिभिजन वन कार्यालय बर्दिया, बर्दिया राष्ट्रिय निकुञ्ज, स्थानीय समुदाय र उज्यालो नेपाल, जर्मन कोपेरेसन, ग्लोबल नेचर फण्ड, आई.यु.सी.एन., एन.ई.डब्लु.एस. खाता सामुदायिक वन समन्वय समिति मधुवन नगरपालिका वडा नं–३ को समन्वय र सहकार्यमा सामुदायिक अन्न भण्डार निर्माण थालिएको हो ।

    शिलान्यास कार्यक्रममा मधुवन नगरपालिकाका नगरप्रमुख तेज बहादुर भाट, वरिष्ठ संरक्षण अधिकृत अशोककुमार राम, मधुवन नगरपालिका वडा नं–१ वडा अध्यक्ष मीन बहादुर थापा, नगर प्रवक्ता मेक बहादुर गुरुङ्ग, नगर सल्लाहकार विजय वलि, उज्यालो नेपाल अध्यक्ष नवराज न्यौपाने, उज्यालो नेपालका रमेशकुमार थापा, सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक घनराज खत्री, हात्ती मेरो साथीका अध्यक्ष धनिराम थारु, अन्न भण्डार निर्माण समितिका अध्यक्ष भागीराम थारु लगायत स्थानीयहरुको उपस्थिति रहेको थियो ।

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij