Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

बर्दियाबाट ७ हजार बढी विद्यार्थी एसईईमा सहभागी हुँदै

  • 1.7K
    SHARES
  •  

    भोली अर्थाच चैत १५ गतेबाट शुरु हुने माध्यामिक शिक्षा परीक्षा (एसईई)मा बर्दिया जिल्लाबाट ७ हजार ८ जना परीक्षार्थी सहभागी हुने भएका छन् । जिल्लाका ८९ वटा सामुदायिक, २७ वटा संस्थागत र ५ वटा प्रविधिक धार तर्फका गरी ११६ वटा माध्यमिक विद्यालयबाट ७ हजार बढी विद्यार्थीले एसईईमा सहभागिता जनाउन लागेका हुन ।


    ADVERTISEMENT

    images

    परीक्षामा नियमित तर्फ ३ हजार ४ सय ९५ जना छात्रा र ३ हजार १ सय ३ जना छात्र तथा ग्रेडवृद्धि तर्फ २ सय १५ जना छात्रा र १ सय ९८ जना गरेर ७ हजार ८ जना जना परीक्षार्थी सहभागी हुन लागेको शिक्षा विकास तथा समन्वय इकाइ बर्दियाले जनाएको छ । नियमित तर्फका ६ हजार ५ सय ९५ मध्ये ७१ जना छात्रा र ९७ जना छात्र गरी १ सय ६८ जना प्राविधिकधारका विद्यार्थीले सहभागिता जनाउन लागेको इकाइका सुचना अधिकारी विद्यालय निरिक्षक रविन्द्र दहितले वताए ।

    जिल्लाका ८ वटा स्थानीय तहमामा ३४ वटा परीक्षा केन्द्र तोकिएको छ । ३४ वटा केन्द्रका लागि ३४ जना केन्द्राध्यक्ष, ४८ जना सहायक केन्द्राध्यक्ष, ३ सय ५१ जना निरिक्षक ७९ जना परिक्षा सहायक सहित ५ सय ५३ जना जनशक्ति परिचालन गरिएको सुचना अधिकारी दहितले वताए ।

    ८ स्थानीय तह मध्ये गुलरिया नगरपालिका र बारबर्दिया नगरपालिकामा ५/५ वटा एवम मधुवन, ठाकुरबाबा, राजापुर, र वाँसगढी नगरपालिका तथा बढैयाताल र गेरुवा गाउँपालिकामा ४/४ वटा परिक्षा केन्द्र तोकिएको छ । ३४ वटा परिक्षा केन्द्र मध्ये बाँसगढी नगरपालिकाको नेपाल राष्ट्रिय माध्यमिक विद्यालय बाँसगढी केन्द्रमा सवैभन्दा वढी ३ सय ५८ जना विद्यार्थी सहभागी हनेछन् भने गेरुवा गाउँपालिकाको नेपाल राष्ट्रिय गणेश माध्यमिक विद्यालय प्रसेनीपुर केन्द्रवाट सवैभन्दा कम १ सय १८ जना विद्यार्थीले एसईईमा सहभागिता जनाउने छन् ।

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij