बर्दियाको मधुवन नगरपालिकामा ९ सय ५ जना छात्रछात्राहरु एसईईमा सहभागी हुने भएका छन् ।
जस्मा ४ सय ७९ जना छात्रा र ४ सय २६ जना छात्र गरी जम्मा ९ सय ५ जना छात्रछात्राहरु सहभागी हुने भएका छ्न् ।
पालिकाभित्र १२ वटा माध्यमिक विद्यालय रहेका छन भने जस्मा २ वटा संस्थागत विद्यालय छन। १० वटा सामुदायिक विद्यालय रहेका छ्न ।
गुराँस नमुना माध्यमिक विद्यालय मधुवन नगरपालिका वडा नं. ६, भृकुटी माध्यमिक विद्यालय मधुवन नगरपालिका वडा नं. ५, शुक्र माध्यमिक विद्यालय मधुवन नगरपालिका वडा नं. ७ र त्रिभुवन माध्यमिक विद्यालय मधुवन नगरपालिका वडा नं. १ मा गरी ४ वटा विद्यालयमा परिक्षा केन्द्र तोकिएको छ ।
'केन्द्र ताेकिएका विद्यालयका प्रधानाध्यापक नै केन्द्राध्यक्ष हुने छन, प्रत्येक विद्यालयमा २ जना सहायक केन्द्राध्यक्ष तोकिएको छ ।' शिक्षा तथा खेलकुद शाखा प्रमुख नारायण प्रसाद खनालले वताउनुभयाे ।
एसईई २०८० को परिक्षाका लागि सम्पुर्ण तयारी हुनुका साथै मर्यादित सहज तरिकाले परिक्षा सम्पन्न हुने शाखा प्रमुख खनाल बताउनु हुन्छ। एसईई परिक्षा चैत १५ गते विहान ८ बजेदेखि ११ बजेसम्म संचालन हुनेछ भने २७ समाप्त हुनेछ।