Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

असल अभिभावक बन्न सघाउँदै ‘शसक्त बालिका परियोजना’

  • बर्दिया टुडे
  • 1.5K
    SHARES
  •  

    बर्दिया जिल्लाको ठाकुरबाबा नगरपालिका वडा नम्बर ८ भुड्कैया गाँउका बुधराम थारु पेशाले गाडी ड्राइभर हुन । बुधराम ड्राइभर भनेर चिनिने उनको परिचय अहिले फेरिदै गएको छ । समुदायमा एक असल अभिभावकको रुपमा स्थापित हुँदै छन् । एक असल अभिभावककोरुपमा गाउँलेहरुल उनलाई सम्मान गर्न थालेका छन् ।


    ADVERTISEMENT

    images

    स्कुलको बस चलाउँदै सवै विद्यार्थी नानीबाबुलाई घर घरमा पु¥याउने र स्कुल छोड्ने काम गर्ने बुधराम केवल आफनो सन्तानको उन्नतीका लागी के गर्न सकिन्छ सोची रहने वताउँछन । भविष्यमा बालबालिकालाई शिक्षा दिक्षा दिएर ठुलो मानिस बनाउने बुधरामको पनि सपना छ । गाडी चलाएर जिविका चलाउने बुधराम बच्चा स्याहार्नमा पनि उत्तिकै जिम्मेवार देखिन्छन ।

    बुधराम थारु बच्चा आमाको गर्भमा रहदा देखी बुझने हुने सम्मका सवै व्यवस्थापनमा समेत बुझेका छन । उनले प्रारम्भिक बालविकास बारे राम्रै संग बुझेका छन । राधा कृष्ण थारु जनसेवा केन्द्रले संचालन गरेको ‘शसक्त बालिका परियोजना’को खुलेरै प्रशंसा गरे । बालबालिकालाई गरिने व्यवहार बुझेका उनलाई गाउँलेहरुले उनलाई नमुना बुवाकै रुपमा मान्ने गरेका छन ।

    जब “शसक्त बालिका परियोजना” गाँउमा आयो तब मात्र उनि प्रारम्भिक बालविकास तथा बच्चा आमाको पेटमा हुँदा श्रीमतिलाई पु¥याउनु पर्ने पोषणका विषयमा समेत उनि जानकार भए । बच्चा गर्भमा रहँदा देखी जन्मेको ८ वर्ष सम्मको अवधि सम्म श्रीमतीलाई कस्तो किसिमको व्यवहार गर्ने, कस्ता खाने कुरा खुवाउने, कुनकुन समयमा स्वास्थ्य परिक्षण गराउने लगायतका विषयमा पनि उनले बुझेका छन ।

    प्लान इन्टरनेशनल नेपाल, राधाकृष्ण थारु जनसेवा केन्द्र बर्दिया द्धारा संचालित ‘शसक्त बालिका परियोजना’ बाटै छोराछोरीलाई आवश्यक पर्ने माया ममतामा समेत बुधरामले सुधार गरेको बताउँछन । उनि बालबालिकाको शारिरिक तथा मानसिक विकास संग सम्बन्धित कार्यक्रम भएको जानकारी पाउन साथ त्यस्ता कार्यक्रममा सहभागी भैहाल्छन । नमुना वुवा भनेको के हो, के गरे पछि नमुना बुवा बनिने रहेछ, भन्ने कुराको ज्ञान उनि कार्यक्रममा पुगेपछि नै थाहा पाएको बताउँछन । तालिमबाट विभिन्न प्रदर्शनीहरु, शैक्षिक प्रदर्शनहरु, बालबालिकालाई मन पर्ने खेलौनाहरु त्यसमा पनि स्थानिय उत्पादन बाट तयार गरिएका खेलौनाहरु बनाउन समेत उनले जानेका छन ।

    यति मात्र होइन बच्चालाई चाहिने पोषणका लागी बाहिरको नभई घरको खाना मात्र खुवाउने गरेको उनले वताए । उनले भने, ‘बाहिरको जंगफुडले बच्चाको स्वास्थ्यमा नकारात्मक प्रभाव पर्ने तथा घरको खाना, जाउलो, दुध, मासु जन्य खाना तथा अण्डाले दिने पोषणको बारेमा कार्यक्रममा वुझे । त्यस पछि घरको खानालाई मात्र बच्चालाई खुवाउने गरेको छु ।’ बच्चा आमाको गर्भमा रहँदा देखी जन्मेको ८ वर्ष सम्ममा आमा बुवाले कसरी आफुलाई व्यवस्थापन गर्ने र बालिबालिकाको सर्वाङ्गिण विकासका लागी के के गर्नुपर्छ भन्ने विषयमा बुधराम साथीहरु संग समेत छलफल चलाउने गर्दछन ।

    ‘शसक्त बालिका परियोजना’ बर्दियाको बारबर्दिया नगरपालिका, ठाकुरबाबा नगरपालिका, गेरुवा गाँउपालिका र राजापुर नगरपालिकामा सन् २०२३ जुलाई देखी सञ्चालनमा रहेको छ । परियोजनाले बालबालिकाको प्रारम्भिक अवस्था देखी उनिहरुको सर्वाङ्गिन विकासका क्षेत्रमा कार्य गर्दै आइरहेको परियोजना संयोजक मनोज पौडेलले बताए । परियोजना जुन २०२५ सम्म संचालनमा रहने छ ।

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij