Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

गेरुवाको शान्तिवजारमा होली देउडा खेल शुरु

  • बर्दिया टुडे
  • 1.4K
    SHARES
  •  

    फागुपूर्णिमाका अवसरमा गेरुवा गाउँपालिकाको शान्तिवजारमा होली देउडा खेल शुक्रवारबाट शुरु भएको छ । पश्चिमेली गेरुवा एकिकृत विकास समाजको आयोजनामा गाउँपालिकास्तरीय होली देउडा खेल शुरु भएको हो ।


    ADVERTISEMENT

    images

    कार्यक्तमको उद्घाटन गर्दे गेरुवा गाउँपालिकाका वडा नं. ३ का वडाध्यक्ष निर्मल थारुले होली एउटा संस्कृति भएकाले त्यसको संरक्षणमा सबै लाग्नुपर्ने बताए । उनले भने, ‘सबैले सहयोग गरे यहाँको कला संस्कृतिको जगेर्ना हुनेछ ।’

    होलीको समयमा मात्र नभई सधैँ संस्कृति संरक्षणका लागि सक्रिय हुनुपर्ने बताउँदै उनले भने, ‘संस्कृति हाम्रो पहिचान हो, संस्कृतिले सभ्यता सिकाउने भएकाले कला र संस्कृति संरक्षणका लागि सांस्कृतिक समाजको सक्रियता आवश्यक छ ।’ संस्कृति नयाँपुस्तामा हस्तान्तरण गर्ने विषयमा सबैले सचेत हुनुपर्ने आवश्यकता छ उनले थपे ।

    Subtitle (60).jpg

    कला र संस्कृति संरक्षणका लागि होली डेउडा खेलको आयोजना गरिएको पश्चिमेली गेरुवा एकिकृत विकास समाजका अध्यक्ष कृष्ण कठायतले वताए । उनका अनुसार होली डेउडा खेल मंगलवार सम्म सञ्चालन हुने छ ।

    सुदूरपश्चिमका पहाडी जिल्लाबाट बसाइँ सरी आएका नागरिकले खेल्ने होली देउडा पछिल्लो समय सबै नागरिकले खेल्ने गरेका छन् । होली देउडा खेल्दा पुरुष सेतो पहिरनमा सजिएर, फूलको माला र रातो टीका पहिरिएर खेल्ने चलन छ भने महिला रातो सारी कम्मरमा सेतो पटुका बाधेर खेल्ने चलन रहेको स्थानीयले वताए ।

    पुराना वीरयोद्धाका गाथामा आधारित गीत समेटेर होली डेउडा खेल्ने चलन रहेको उनिहरु बताउँछन् ।

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij