Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

नमुना बुवाको विषयमा अभिभावकलाई जम्मा गरेरै सिकाउँछु : शंकर थारु

  • 2.1K
    SHARES
  •  

    बर्दिया जिल्लाको बारबर्दिया नगरपालिका वडा नम्बर ३ रामपुर गाँउ स्थीत लक्ष्मणपुर टोलका शंकर थारुको आज भोली बोली भाषा मात्र नभई व्यवहार मै परिवर्तन आएको छ । उनि घरायसी काम संगसंगै बालबालिका स्याहार सुसारमा निक्कै पोख्त भएका छन । भविष्यमा बालबालिकालाई शिक्षा दिक्षा दिएर ठुलो मानिस बनाउने शंकरको सपना पनि छ । स्थानिय रामपुर गाँउमै एग्रोभेट संचालन गरेर परिवार चलाएका शंकर बच्चा स्याहार्नमा पनि उत्तिकै जिम्मेवार देखिन्छन भने अन्य समाजिक संघसंस्थामा समेत उनले हात हालेका छन । बालबालिकाको भविष्य माथी चिन्तन गर्ने शंकर बच्चा गर्भमा रहदा देखी बुझने हुने सम्मका सवै व्यवस्थापनमा समेत अब्बल छन । उनले प्रारम्भिक बालविकास बारे जानकारी गराउँदै उनकै गाँउमा नमुना बुवा बनाउने उद्धेश्य सहित आएको “ सशक्त बालिका परियोजना” लाई उनि आफनो व्यवहार परिवर्तनको स्रोत समेत मान्दछन ।


    ADVERTISEMENT

    images

    शंकर गाँउमै बस्नले बाहिरी बाताबारण बारे पहिले खासै ख्याल तथा जिम्मेवारी बारे अनविज्ञ थिए । जब “ सशक्त बालिका शसक्त परियोजना”का कर्मचारी संगको भेटले उनको सोंच र व्यवहार दुवैमा परिवर्तन ल्याउन मद्धत ग¥यो । तत्पश्चात उनि परिवारमा आफनो जिम्मेवारीको बोध गरे । शंकरलाई बच्चा गर्भमा रहँदा देखी जन्मेको ८ वर्ष सम्मको अवधि सम्म श्रीमतिलाई कस्तो किसिमको व्यवहार गर्ने, कस्ता खाने कुरा खुवाउने, कुनकुन समयमा स्वास्थ्य परिक्षण गराउने थाहा भइ सकेको थियो । प्लान इन्टरनेशनल नेपाल, राधाकृष्ण थारु जनसेवा केन्द्र बर्दिया द्धारा संचालित “सशक्त बालिका परियोजना” गाँउमा पुग्नु भन्दा अगाडि बच्चाको बाबु भएका शंकर थारुले आफनो छोरालाई गर्ने गरेको व्यवहारले गाँउका थुप्रै बुवाहरुले आफना बालबालिकालाई गर्ने व्यवहारमा बदलाव ल्याएका छन ।
    उनि नमुना बुवाको उपाधीमा रहि रहँदा अन्य समाजिक संघसंस्थामा समेत उनको परिचर्चा हुने गर्दछ । उनको संलग्नता समेत संस्थाहरुमा छ । उनि बालबालिकाको शारिरिक तथा मानसिक विकास संग लक्षित विभिन्न कार्यक्रममा सहभागी हुने गर्दछन “मेरो आफनै साढे चार वर्षको छोरा छ, बाबुलाई कसरी सम्झाउने, बुझाउने, के खुवाउने, कसरी पकाएर खुवाउने मलाई सवै थाहा छ” । शंकर उत्सुकताका साथै सुनाए । उनि भन्छन “नमुना वुवा म बन्छु, भनेर मलाई लागेको थिएन ।, श्रीमती गर्भवती भएको बेला विहान मर्निङ्गवाकमा जान्थे सवैले हेर्थे, म श्रीमतीलाई अस्पताल लग्ने चेकअप गराउने कार्य आफै गराउथें, जसले गर्दा गाँउका अन्य व्यक्तिले समेत सिक्ने बाताबरण बन्यो” । शंकर अगाडी थप्छन “तालिममा विभिन्न प्रदर्शनीहरु रहने गर्थे, जसमा शैक्षिक प्रदर्शनहरु थुप्रै हुन्थे, बालबालिकालाई मन पर्ने खेलौनाहरु समेत रहन्थे, तर स्थानिय उत्पादन बाट तयार गरिएका खेलौनाहरु बनाउन सिकाउने काम समेत हुने गर्दथ्यो जसले गर्दा मलाई निक्कै सहयोग पुग्यो ।” शंकरले प्रष्ट पारे ।
    परियोजनाको प्रभावले नै शंकरले प्रारम्भिक बाल विकास, बच्चा संग कसरी बोल्ने, बच्चालाई कसरी सर्वाङ्गिण विकास गर्न सकिन्छ, भन्ने कुराको जानकारी पाएका छन । छोरालाई खाना खुवाउने, लुगा धुने÷फेर्ने, दिशा सफा गरिदिने लगायतका काम पनि उनले गरेका छन । उनि अगाडी भने “गाँउका बुवाहरुले बालबालिकालाई गर्ने व्यवहार धेरै सकारात्मक भइसकेको छ ।” यो हेरेर उनका साथी भाई शुरुशुरुमा अचम्म मानेका थिए । तर उनको व्यवहार परिवर्तनले परिवारमा आएको खुशी देखेर आज भोली साथीहरुले समेत सिको गर्न थालेका छन । उनि आफै पनि गाँउका बुवाहरुलाई जम्मा गरि सल्लाह सुझाव दिने गरेको समेत बताए । “स्वास्थ्य चेकजाँच, पोषिलो खानपिन, तथा शरिरिक सरसफाई बारे सचेत भएको छु” । बच्चा गर्भमा रहँदा देखी जन्मेको ८ वर्ष सम्ममा आमा बुवाले कसरी आफुलाई व्यवस्थापन गर्ने र बालिबालिकाको सर्वाङ्गिण विकासका लागी के के गर्नुपर्छ भन्ने विषयमा शंकर आजभोली गाँउका साथीहरु संग छलफल चलाउने गरको छन् ।

    Enter
     

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij