Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

मनोसामाजिक मनोविमर्श अभिमुखीकरण कार्यक्रम सम्पन्न

  • 1.8K
    SHARES
  •  

    बर्दियाको ठाकुरबाबा नगरपालिकामा मनोसामाजिक मनोविमर्श अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।


    ADVERTISEMENT

    images

    द्वन्द्व पीडितहरूको साझा सवालमा लैङ्गिक न्यायको प्रतिकको जवाफदेहिता परियोजना अन्तरगत आइफा जर्मनीको आर्थिक सहयोगमा तथा नागरिक आवाजको साझेदारीमाथारु महिला उत्थान केन्द्रले कार्यक्रमको आयोजना गरेको हो ।

    नेपालमा मानसिक स्वास्थ्य समस्या तीव्र गतिमा बढ्दै गएकोवर्तमान समयमा स्वास्थ्यको महत्वबारे स्थानीय सरकारलाई सचेत गराउने तथा मन सामाजिक मनोविमर्श केन्द्र स्थापना गरी द्वन्द प्रभावित अर्थात् अन्य मनोसामाजिक समस्या भएका व्यक्तिहरूलाई सेवा उपलब्ध गराउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको थारु महिला उत्थान केन्द्रकी कार्यकारी निर्देशक प्रिज्मा सिंह थारुले वताउनु भयो ।

    Subtitle (56).jpg

    कार्यक्रममा वोल्दै बारबर्दिया नगरपालिकाका उपप्रमुख रत्न पाण्डेले समुदायमा मनोसामाजिक समस्या बढदैगएको वर्तमान समयमा अभिमुखीकरण कार्यक्रम तालिम निकै सान्दर्भिक रहेको वताउनु भयोे । उहाँले भन्नुभयाे, ‘तर छोटो समयको भयो ।’

    कार्यक्रममा बर्दिया जिल्लाका विभिन्न पालिकाहरूका प्रमुख उपप्रमुखका साथै प्रतिनिधिहरूको सहभागिता रहेको थियो । २ दिने अभिमुखीकरण कार्यक्रमका सहभागीहरूले मनोसामाजिक मनोविमर्श केन्द्र आवश्यक तथा महत्वपूर्ण रहेको भन्दै त्यसको स्थापना लागि साथ सहयोगको लागि प्रतिबद्धता समेत गर्नुभएको थियो ।

    विगत लामो समयदेखि थारु महिला उत्थान केन्द्रले नागरिकहरूका सवालमा काम गर्दै आइरहेको छ । अभियानको रुपमा थालेको यस्ता किसिमका कार्यक्रम थारु महिला उत्तान केन्द्रले कैलालीमा पनि गरेको छ । थारु महिला उत्थान केन्द्रले नागरिक आवाजको साझेदारीमा सञ्चालित लैङ्गिक न्यायप्रति उत्तरदायित्व कार्यक्रम विगत तीन वर्षदेखि सञ्चालन गर्दै आएको छ ।

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij