Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

रोलरले किचेर बर्दियामा एक जनाको मृत्यु

  • बर्दिया टुडे
  • 1.2K
    SHARES
  •  

    पिच पेल्ने क्रममा रोलरले किचेर बर्दियामा एक जनाको मृत्यु भएको छ ।


    ADVERTISEMENT

    images

    राजापुर रिङ्गरोड अन्तगत गेरूवा १ थापापुरमा बुधबार साँझ करीव ६ बजेतिर रोलरले किचेर करिव २२ वर्षका भारतको विहार निवासी प्रवेश आलमको मृत्यु भएको हो ।

    उनी सोही निर्माणा कार्य अन्तर्गत पेपर मेसीन चालक रहेको प्रहरीले जनाएको छ ।

    रोलर चालक वारबर्दिया नगरपालिका जमुनियाटोल वस्ने वर्ष ३२ का शक्ति चौधरी फरार रहेका छन् उनको खोजीकार्य जारी रहेको इलाका प्रहरी कार्यालय पाताभारले जनाएकाे छ ।

    रोलर चालकको सवारी चालक अनुमती पत्र (लाइसेन्स) भए नभएको बारे पुष्टि भई सकेको छैन । शवलाई पोष्टमार्टमको लागि राजापुर लगिएकाे छ ।

    अमर–बर्दिया ब्ल्याक बक जेभीले गरिरहेकाे राजापुर रिङ्गरोड अन्तगत गेरुवा ३ बनकट्टी देखि गेरुवा १ जनकनगरसम्म १२ किलोमिटर सडक कालोपत्रे निर्माण कार्य अन्तरगत उक्त दुर्घटना भएको हो ।

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij