देशब्यापी महिलावादी अनुपम अभियान अन्तरगत मेची महाकाली बस यात्राका सहभागीहरूलाई बर्दियाको गुलरियामा स्वागत गरिएको छ ।
'महिलामा लगानी र महिलाको अधिकार सुनिश्चित गर' भन्ने नारासिहत सामुदायिक सुरक्षा जालो अभियानमा सहभागीहरुलाई थारु महिला उत्थान केन्द्रीयकी सचिव सुनिता चौधरीले स्वागत गर्नुभएको थियो । स्वागत कार्यक्रममा स्थानिय थारू संस्कृति का भेष भुषा तथा नृत्य समेत प्रस्तुत गरिएको थियो ।
समाजलाई अघि बढाउन तथा महिलाहरूको हरेक संरचनामा सहभागिता तथा पहुँचका साथै नारीहरूलाई समावेशी दृष्टिकोण मार्फत सहभागीता गराउन आफूहरू यस अभियानमा लागेको अभियानमा सहभागी हुनुभएकी अन्तरपुस्ता महिलावादी मञ्चकी सहसंयोजक स्टेला तामाङले बताउनु भयो ।
तामाङ्गले आजको समयमा अब महिलाहरूले अधिकार मात्र होइन जिम्मेवारी पनि माग्ने पर्ने वताउँदै यो बस यात्रा मात्र नभई आन्दोलनको प्रतीक भएको वताउनु भयो । उहाँले भन्नुभयाो, ' अभियानमा यो ३२ जनाको सहभागिता सम्पूर्ण नेपाली दिदीबहिनीहरूको उपस्थिति हो ।'
गुलरियाको राधाकृष्ण चोकमा थारु महिला केन्द्रको अगुवाइमा भएको स्वागत कार्यक्रममा थारु महिला उत्थान केन्द्रकी कार्यक्रम कार्यकारी निर्देशक प्रिजमा सिंह थारुले विगत लामो समयदेखि थारु महिला उत्थान केन्द्रले महिला तथा बालबालिकाका सवालमा काम गर्दै आएको बताउनुभयो । उहाँले अभियानलाई अझै सशक्त रुपमा लैजानुपर्ने कुरामा जोड दनु भयो ।
अन्तरपुस्ता महिलावादी मञ्च ले सन् २०२३ देखि २७ सम्म देशव्यापी महिलाका सवालमा अनुपम अभियान अघि सारेको बताउँदै विभिन्न माध्यमबाट महिलाहरूको सम्पूर्ण संरचनामा परिवारसमाज तथा राजनीतिमा महिलाहरूको बलियो उपस्थितिका निमित्त यस्ता कार्यक्रम गर्दै आएको सामाजिक अभियन्ता ज्ञानु पौडेलले बताउनुभयो ।
महाकालीदेखि मेचीसम्मको अनुपम यात्रामा लैङ्गिक समानता महिला सशक्तिकरण महिलाहरूको नेतृत्वमा पहुँचका साथै सचेतनाका लागि सन्देश दिन यात्राको सुरुवात गरेको पौडेलले बताउनुभयो ।