गेरुवा गाउँपालिकाले निः शुल्क लोकसेवाको तयारी कक्षा सन्चालन गर्ने भएको छ ।
बढ्दो शैक्षिक बेरोजगार न्यूनीकरण गर्न र युवा शक्तिलाई स्वदेशमै अड्याउने उद्देश्यले गाउँपालिकाले खरिदार सहायक चौथो तहको लागि निःशुल्क लोकसेवा तयारी कक्षा सन्चालन गर्न लागेको हो ।
गाउँपालिका भित्र स्थाई रुपमा वसोवास गर्ने महिला, दलित, अपाङ्गता, अल्पसंख्यक, मुक्त कमलहरी तथा पिछडिएका वर्ग र सिमान्तकृत समुदायलाई निःशुल्क लोकसेवा कक्षामा सहभागि गराईने गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत नरबहादुर चन्दले जानकारी दिए ।
मानव संशोधनको विकास नगरी पालिका समृद्ध बन्न नसक्ने भन्दै लोकसेवाको तयारी कक्षा सञ्चालन गर्न थालेको गाउँपालिका उपाध्यक्ष लक्ष्मी कुमारीे चौधरीले वताईन् । उनले पढेका युवा बेरोजगार हुँदा पढेर मात्रै के गर्ने भन्ने बुझाई युवामा आउन थालेको वताउँदै सरकारी सेवामा प्रवेशका लागि सहयोगी बन्न कक्षा सञ्चालन गर्न थालेको स्पष्ट पारिन।
अनुभवी प्रशिक्षकद्वारा प्रशिक्षण दिइने लोकसेवा तयारी कक्षामा सैद्धान्तिक र प्रयोगात्मक विधिद्वारा कक्षा सञ्चालन गरिने वताउँदै महिला वालवालिका तथा समाज कल्याण उपशाखा प्रमुख रमा पुन मगरले भनिन्, ‘कक्षामा विद्यार्थीलाई कसरी तयारी गर्ने, कसरी परीक्षा दिने, कुन कुन विषय वस्तु पढ्ने जस्ता विषयमा समेत प्रशिक्षण दिइने छ ।’