Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

वालविवाह विरुद्ध अन्तरकृयात्मक स्वास्थ्य तथा कानुनी परामर्श अभियान

  • बर्दिया टुडे
  • 1.3K
    SHARES
  •  

    बर्दियाको गेरुवा गाउँपालिकामा वालविवाह विरुद्ध अन्तरकृयात्मक स्वास्थ्य तथा कानुनी परामर्स अभियान कार्यक्रम थालनी गरिएको छ ।


    ADVERTISEMENT

    images

    गेरुवा गााउँपालिकाको समन्वय तथा प्लान इन्टरनेशनल नेपाल र बि–ग्रुपको साझेदारीमा सञ्चालित बाल विवाह न्यूनिकरण परियोजना अन्तरगत गाउँपालिकाको प्रत्येक वडाका गाउँ तथा टोलहरुमामा अभियानकारुपमा कार्यक्रम थालनी गरिएको हो ।

    Subtitle (43).jpg

    आर्थिक, सामाजिक, सांस्कृतिक, कानुनी सचेतनाको कमी, सामाजिक सञ्जालको बढ्दो गलत प्रयोग लगायतको कारण विद्यालय तहमा अध्ययन गरिरहेका कतिपय किशोर किशोरी उमेर नपुग्दै विवाह बन्धनमा बाँधिने गरेको पाइएपछि गेरुवा गााउँपालिकाको तथा प्लान इन्टरनेशनल नेपालको सहकार्यमा बि–ग्रुपले गाउँपालिकाका ६ वटै वडाका गाउँ टोलहरुमामा सचेतनामुलक अभियान थालिएको वि–ग्रुपका सुपरभाईजर ज्ञान बहादुर चौधरीले बताए ।

    Subtitle (47).jpg

    सचेतनामुलक अभियान मार्फत बालवालिकाको हकहित तथा अधिकार, बाल विवाहका कारण महिला तथा बच्चाको स्वास्थ्यमा पर्ने शारीरिक असर, प्रजनन स्वास्थ्य, बाल विवाहका कानूनी सजाय लगायतका विषयमा जानकारी दिने गरिएको छ । सुपरभाईजर चौधरीले भने, ‘बाल विवाहका नकरात्मक असरका विषयमा जानकारी दिँदै बाल विवाह रोक्नमा अभिभाबकबाट प्रतिवद्धता समेत जुटाउने गरिएको छ ।’

    Subtitle (45).jpg

    कार्यक्रममा वडाका जनप्रतिनिधि, गाउँ तथा वडघर, अविभावक, नागरिक समाज, सञ्जाल, वाल अधिकार समिति, स्वास्थ्यकर्मी, प्रहरी लगायतको सहभागिता रहने गरेको छ ।

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij