Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

नेपाली काँग्रेस बर्दियाले बुझायो प्रमुख जिल्ला अधिकारी खरेललाई ज्ञापन पत्र

  • बर्दिया टुडे
  • 1.2K
    SHARES
  • नेपाली काँग्रेस बर्दियाले वढैयाताल गाउँ सभापति भगत नेपालीलाई आक्रमण गर्ने दोषी-अपराधीहरुको पहिचान सहित आगामी १५ दिन भित्र तुरुन्त पक्राउ गरी कडा भन्दा कडा कानुनी कारवाहीको  माग गर्दै प्रमुख जिल्ला अधिकारी वेद प्रकास खरेल लाई ज्ञापन पत्र बुझाएको छ ।

    नेपाली काँग्रेस बर्दियाका सभापती अरुण प्रकाश सिंहले प्रमुख जिल्ला अधिकारी खरेललाई वुझाएको ज्ञापनपत्रमा निर्धारित समयावधीमा माग पुरा नभए नेपाली कांग्रेस, बर्दिया सशक्त संघर्षमा होमिन बाध्य हुने र यसबाट उत्पन्न असहज परिस्थितिको सम्पूर्ण जिम्मेवारी स्थानीय प्रशासनले नै लिनु पर्ने ब्यहोरा उल्लेख छ ।


    ADVERTISEMENT

    images

    ज्ञापनपत्र मार्फत नेपाली कांग्रेसले गाउँ सभापति नेपाली उपर यस किसिमको सांघातिक आक्रमण हुनु भनेको सिंगो नेपाली कांग्रेसपार्टी प्रति प्रहार भएको  महसुस गरेको बताउँदै  घटना भएको यतिका दिन बितिसक्दा पनि अझैसम्म स्थानीय प्रशासनले अपराधीहरुको पहिचान गरी पक्राउ गर्न नसकेको आरोप लगाईएको छ । 

    ज्ञापन पत्रमा घटनालाई गम्भिरतापूर्वक लिएर खोज अनुसन्धान प्रक्रिया नै अगाडि नबढाएको अवस्था छ । स्थानीय प्रशासनको यस किसिमको गैरजिम्मेवार कार्य शैलीप्रति नेपाली कांग्रेस, बर्दिया खेद व्यक्त गर्दछ भनिएको छ ।

    कांग्रेस, बढैयाताल गाउँ सभापति भगत नेपाली माथि मिति २०८० फागुन २४ गते बिहान करिब ५:३० बजे कामको शिलशिलामा घरबाट नेपालगंज जाने क्रममा मानखोला जंगल क्षेत्रमा पीछा गर्दै गएका २ वटा मोटर साईकलमा सवार नकावधारी अज्ञात ब्यक्तिहरुको आक्रमणमा परी सख्त घाइते भएका थिए । 

    हेर्नुहोस ज्ञापन पत्र 

    755b95cb-bfa8-41af-8488-c8027faa8d71.jpeg
    dc421e33-c1dc-4659-8222-b7ad7eabc0d5.jpeg

     

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij