बर्दियाको गुलरिया नगरपालिका र मधुवन नगरपालिकामा दुई दिने समुदाय स्तरीय जलबायु परिवर्तन अनुकुलन सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ।
नागरिक आवाज काठमाडौको सहयोग र थारू महिला उत्थान केन्द्र बर्दिया को साझेदारीमा गुलरिया नगरपालिकाको वाड न ४ र ५ का साथै मधुवन नगरपालिकाको वाड न १,२ र ३ मा अभिमुखिकरण गराइको हो ।
सामुदायिक सुरक्षा जालो अभियान अन्तरगत गठन भयका विभिन्न समूह तथा संजालका पदाधिकारी, सदस्यहरुकालागि २ दिने समुदाय स्तरीय जलबायु परिवर्तन अनुकुलन सम्बन्धि अभिमुखिकरणको सहजिकरण लौटन थारूले गर्नु भएको थियो । ।
अभिमुखीकरण कार्यक्रम फागुन २७ गते देखि ३० गते सम्म सञ्चालन गरिएको थियो ।
लामो समयदेखी संस्थाले विभिन्न कार्यक्रमका माध्यमबाट महिला तथा बालबालिका का साथै समुदाय स्तरमा सचेतनाको कार्यक्रमहरू गर्दै आएको थारू महिला उत्थान केन्द्रकी कार्यकारी निर्देशक प्रिजमा सिंह थारुले बताउनु भयो । सामुदायिक सुरक्षा जालो अभियान मार्फत विपत जोखीम बाट बच्नुका साथै समुदायम घटने घटनाहरु रोकथा तथा नयूनीकरण गर्नका लागी संदेश दिने काम गरेको थारुले प्रष्ट पार्नु भयो ।
थारुले भन्नु भयो "हामिहरु विच जस्तो सुकै प्रकोप आउन सक्छ र तेस्तो बेला न आत्तिएर सजग अपनाउनु पर्छ र क्रमै सँग सबै को ज्यान जोगाउनु पर्छ । " समुदायमा प्राय :जुन सुकै जोखिममा महिला पर्ने भएको हुदा गर्भवती महिला, बृद्धा अवस्था भएको ब्यक्तिहरु, र बाल बालिकाहरु नै हुने उहाँको भनाई थियो ।