गेरुवा गाउँपालिकाले आ व २०८०/०८१ को स्वीकृत वार्षिक कार्यकम अन्तर्गत निःशुल्क लोकसेवा तयारी कक्षा संचालन गर्ने भएकाे छ ।
महिला दलित अपाङ्गता अल्पसंख्यक मुक्त कमलरी तथा पिछडिएको वर्ग र सिमान्तकृत समुदाय लाई लक्षित गरी निःशुल्क लोकसेवा तयारी कक्षा सञ्चालन गर्न लागेकाे हाे ।
कक्षा मार्फत सहभागीहरुको क्षमता वृद्धि गरी सरकारी सेवामा प्रवेश गराउने उद्देश्य रहेको लोकसेवा तयारी कक्षामा ३० जना सहभागी हुने छन् ।