Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

हरेक नागरिक सचेत र सजग भएर उपभोग्य सामग्रीको उपभोग गर्न जरुरी

  • 2.5K
    SHARES
  •  

    नेपालको संविधान २०७२ को धारा ४४ मा मौलिक हक व्यवस्था गरिएको हामी नागरिक सबै सुसुचित छौं, प्रत्येक उपभोक्ततालाई गुणस्तरीय बस्तु वा सेवा प्राप्त गर्ने हक गुणस्तरीय बस्तु वा सेवा क्षति पुगेको व्यक्तितलाई कानुन बमोजिम क्षतिपुर्ति पाउने हक व्यवस्था गरिएता पनि संविधानमा उल्लेख भए पनि कार्यान्वयन अवस्था भने दयनीय छ । ।


    ADVERTISEMENT

    images

    स्वच्छ र प्रतिस्पर्धी बजारका साथै उपभोक्ताको सार्वभौम अधिकार नेपाल सरकारको नाराका साथ आज विश्व उपभोक्ता अधिकार दिवस विभिन्न कार्यक्रम साथ मनाइदैछ । नारामा जे जे राखे पनि उपभोक्ता ठगिने, लुटिने क्रम रोकिएको देखिदैन बर्तमान अवस्थामा कहिँ पनि विश्वास गर्ने बाताबरण नै छैन, म्याद सकिएको खाने कुराहरु पसलहरुमा विक्री वितरण भई रहेका हुन्छन् । जुन नागरिकको जीवन सँग प्रत्यक्ष जोडिएको बिषय हो ।

    यसको अनुगमन कसले गर्ने हो ? उपभोक्तता कहिले ढुक्क हुने हो कुन्नी ? बर्तमान अवस्थामा समाजमा नागरिकहरु विभिन्न रोगको सिकार भईरहेको देख्न सकिन्छ अवस्था झन झन बिकाराल हनुमा खानपान लाई नै लिन सकिन्छ । बिरामीले अस्पताल नीजि स्वास्थ्य संस्था खचाखच भरिएको हुन्छ । स्वास्थ्य संस्था खाेल्ने मात्र अनुमती नदिई अर्गानिक उत्पादन  गर्नमा प्राेत्साहन गराै‌ं र अर्गानिक पसल खोल्न सहुलीयत दिउँ । नागरिक उपभोक्ताले पनि खाद्य सामग्रीहरुलाई आफूले ध्यान दिएर खानुपर्यो, पोषणयुक्त खानेकुरा खानुपर्यो, खाद्य सामग्रीहरु बजारमा मार्केटमा कस्तो छ ? त्यो कुरामा उपभोक्ता आफै सचेत पनि हुनुपर्यो। हरेक नागरिक सचेत र सजग भएर उपभोग्य सामग्रीको उपभोग गर्न जरुरी देखिन्छ । विश्व उपभोक्ता दिवसको पावन अवसरमा हार्दिक शुभकामना ।

    लेखक गैर सरकारी संस्था महासंघ बर्दियाकाे अध्यक्ष हुनुहुन्छ । 

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij