Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

शिक्षा तथा मानवस्रोत विकास केन्द्रद्धारा बर्दियाका संचारकर्मीहरु सग छलफल

  • 1.6K
    SHARES
  •  

    गुलरिया/ शिक्षा तथा मानवस्रोत विकास केन्द्र सानोठिमी भक्तपुरका निर्देशक सुरेश कुमार जोशीले शिक्षा क्षेत्रको समसामयिक बिषयमा बर्दियाका संचारकर्मीहरु सग छलफल तथा भेटघाट कार्यक्रम गर्नु भएको छ ।


    ADVERTISEMENT

    images

    भेटघाटमा निर्देशक जोशीले शिक्षा क्षेत्रको बिद्यालय स्तरमा रहेको समस्या, चुनौती र समाधानका बिषयमा छलफल गरिएको हो । शिक्षा क्षेत्रमा रहेको प्रमुख समस्या तथा चुनौती, संघीय कानुनप्रति सरोकारवालाको अत्यधिक चासो, स्थानीय तहमा कर्मचारीको अपर्याप्तता र क्षमता विकास, शिक्षा विकास तथा समन्वय इकाईको ब्यबस्थापन, जनशक्तिको अभाव, श्रोत साधनको अपर्याप्तता, जिम्मेवारी तथा कार्यक्षेत्रको अन्यौलताको बिषयमा जानकारी गराउदै छलफल गर्नु भएको छ ।

    96ae4b88-ab6e-401a-b416-f74c4565e288.jpeg

    कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्दै शिक्षा सम्बन्धी नीतिहरु , कार्यक्रम, समसमायिक गतिविधिका साथै शैक्षिक क्षेत्रमा भई गरेका कामहरुको समबन्धमा आवश्यक जानकारी प्रदान गर्नु भएको छ ।

    सम्बन्धित सरोकार वालाहरुलाई सुसुचित गर्ने उद्देश्यले प्रत्रकार का साथै शिक्षा श्रेत्रका प्रतिनिधिहरुसंग भेटघाट गरी छलफल गरेको शिक्षा तथा मानव स्रोत विकास केन्द्र का निर्देशक सुरेश कुमार जोशीले बताउनु भयो ।

    शिक्षा तथा मानव स्रोत विकास केन्द्रले अनिवार्य तथा निः शुल्क आधारभुत शिक्षा का साथै निःशुल्क माध्यमिक शिक्षा शिक्षामा समानता वारे प्रकाश पर्दै जोशीले नेपालमा शिक्षा क्षेत्र मा सुधार वारे भै रहेको प्रयास तथा समस्या र चुनौतीको वारेमा बताउनु भयो ।

    76865d00-8843-426f-9f49-ff57795c0689.jpeg

    पत्रकार भेटघाट कार्यक्रममा वर्तमान अवस्थामा शिक्षा श्रेत्रमा भैरहेका बेतिथि र गर्न सकिने सुधारवारे व्यापक छलफल गरिएको थियो । कार्यक्रममा संचारकर्मीहरुको जिज्ञासाको सवालमा आफ्नो धारणामा गुलरिया नगरपालिकाका शिक्षा शाखा प्रमुख सतिस यादवले दिनु भएको थियो ।

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij