१४ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा गेरुवा गाउँपालिकामा अन्तर विद्यालय स्तरिय निवन्ध लेखन तथा चित्रकला प्रतियोगिता सम्पन्न भएको छ ।
“महिलामा लगानी : सभ्य र समुन्नत समाजको थालनी" विषयक निवन्ध लेखन तथा चित्रकला प्रतियोगिता शुक्रवार सम्पन्न भएको हो ।
गेरुवा गाउँपालिकाको आयोजना तथा महिला सञ्जाल गेरुवा, गेरुवा गाउँपालिका महिला शिक्षक सञ्जाल, प्लान नेपाल इन्टरनेशनल, प्राक्टिकल एक्सन, एक्सन एड नेपाल, वि ग्रुप र कमैया महिला जागरण समाजको साझेदारीमा कार्यक्रम सम्पन्न भएको हो।
पशुपति माध्यमिक विद्यालय पशुपतिनगरमा सञ्चालन भएको माध्यमिक विद्यालय स्तरिय निवन्ध लेखन प्रतियोगितामा एक प्रिय राठोर मा. वि . पाताभारका प्रज्वल थारु प्रथम, जनता मा . वि गोलाका आकाश काफ्ले द्वितिय र गणेश मा.वि . प्रशेनीपुरका आकृति थापा एवम ग्रिन ग्लोवल ई. मिडियम स्कुलका प्रेयङ्का चलाउने तृतिय भएका छन ।

त्यस्तै आधारभूत विद्यालय स्तरिय निबन्ध लेखन प्रतियोगितामा वाल प्रिय आ. वि. तिनघरुवाका शिक्षा न्यौपाने, सरस्वती आ. वि. जोधिपुरका चक्र रोकाय र सरस्वती आ . वि. वनकट्टीकी जिसिका थारू क्रमश: प्रथम, द्वितिय र तृतिय भएका छन भने रामजानकी आ. वि. रामनगरका प्रतिक्षा थारु र एकप्रिय राठौर मा. वि. पाताभार का ओस्कार ओझाले सान्त्वना स्थान प्राप्त गरेका छन ।

यसैगरी चित्रकला प्रतियोगितामा नवज्योती पव्लिक ई. मि. स्कुल जनकनगरका प्रसंसा थारू, वाल प्रिय आधारभूत विद्यालयका अस्मीत थारु, किसान प्रा. वि. खोनपुरका झरना सुनार क्रमश: प्रथम, द्वितिय र तृतिय भएका छन । भने ग्रिन ग्लोवल एकेडमी स्कुलका वृष्टी पाण्डे ले सान्त्वना स्थान प्राप्त गरेका छन ।

माध्यमिक र आधारभूत तह तर्फ निवन्ध लेखन प्रतियोगिता गराइएको थियो भने प्राथमिक तह तर्फ चित्रकला प्रतियोगिता गराईएको थियो । प्रतियोगितामा माध्यमिक तह तर्फ ४ विद्यालयका प्रतिस्पर्धी सहभागी थिए भने आधारभूत र प्राथमिक तहमा क्रमश: १० र १७ विद्यालयका प्रतिस्पर्धी सहभागी थिए ।

प्रतियोगितामा प्रथम , द्वितीय, तृतिय र सान्त्वना स्थान प्राप्त गर्ने विद्यार्थी लाई गेरुवा गाउँपालिकाका निर्वमान कार्यपालिका सदस्य राजु वडुवाल क्षेत्री, वडा नं. ३ का वडा सदस्य निर्मल चौधरी र उपाध्यक्ष लक्ष्मी कुमारी चौधरीले पुरस्कार तथा प्रमाण पत्र वितरण गरेका थिए ।