Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

जनप्रतिनिधिहरुलाई पारिश्रमिक विनाको सेवामुलक कार्य सम्बन्धि अभिमुखीकरण

  • बर्दिया टुडे
  • 2.0K
    SHARES
  •  

    गेरुवा गाउँपालिकाका जनप्रतिनिधीहरुका लागि पारिश्रमिक विनाको सेवामुलक कार्य सम्बन्धि लैंगिक उत्तरदायी सामुदायिक योजनाका वारेमा अभिमुखीकरण कार्यक्रम गाउँपालिकाको सभाहलमा सम्पन्न भएको छ ।


    ADVERTISEMENT

    images

    गेरुवा गाउँपालिकाको समन्वय तथा एक्सन एडको आर्थिक सहयोग र कमैया महिला जागरण समाजको आयोजनामा विहिवार कार्यक्रम सम्पन्न भएको हो ।

    Subtitle (27).jpg

    पारिश्रमिक विनाको सेवामुलक कार्यको संवोधनका लागि स्थानीय आवश्यकतालाई पहिचान गरि विकल्प निर्माण र रुपान्तरणको पहलका लागि सार्वजानिक निकायलाई अझै जिम्मेवार र उत्तरदायी वनाउन तथा मर्यादित श्रम, महिलाको पारिश्रमिक विनाको सेवामुलक कार्य र सवैखाले विभेद र भेदभाव रहित रोजगारीको प्रवद्र्धन र सामाजिक सुरक्षा आदिमा जवाफदेही भई भरपर्दो र प्रभावकारी नीति तथा बजेट, कार्ययोजना र परिणाममुखी कार्यन्वयन सम्बन्धि समान धारणा र बुझाई निर्माण गरी जनप्रतिनिधिहरुको नागरिक प्रतिको जवाफदेहितामा वृद्धि गराउन कार्यक्रमको आयोजना गरिएको कमैया महिला जागरण समाजका कार्यक्रम संयोजक रमेश कुमार चौधरीले वताए ।

    Subtitle (29).jpg

    गाउँपालिका उपाध्यक्ष लक्ष्मी कुमारी चौधरीको सभापतित्वमा सम्पन्न कार्यक्रमको सहजिकरण टेकराज भट्टले गरेका थिए । गाउँपालिकाका अध्यक्ष जमान सिंह के. सी.को प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमको सञ्चालन कमैया महिला जागरण समाजकी सामाजिक परिचालक सुश्मिता चौधरीले गरेकी थिईन । कार्यक्रममा २९ जनाको सहभागिता थियो ।

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij