Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

विद्यार्थी लक्षित ओत संरक्षण तथा दिगो माछा मार्ने अभ्यास बिषयक सचेतना कार्यक्रम

  • बर्दिया टुडे
  • 1.4K
    SHARES
  •  

    विश्व वन्यजन्तु दिवशको अवसरमा बर्दिया जिल्लाको श्री कालिका माध्यामिक बिद्यालय राजापुर १ सोनपुरका कक्षा ११ मा अध्ययनरत विद्यार्थीलाई लक्षित गरि ओत संरक्षण तथा दिगो माछा मार्ने अभ्यास बिषयक सचेतना कार्यक्रम सम्पन्न गरिएको छ ।


    ADVERTISEMENT

    images

    विश्व वन्यजन्तु कोष नेपाल (WWF Nepal) द्धारा नेपाल सरकार संगको समन्वय र बेलायत सरकार अन्र्तगत डार्बिन इनिसिएटिभ (Darwin Initiative) को सहयोगमा सोनाहा बिकास समाज बर्दिया मार्फत संचालित “कर्णालि नदिमा ओत संरक्षणका लागि समुदायको जीविकोपार्जन तथा अभिभावकत्व सबलिकरण ” परियोजना अन्र्तगत आइतवार कार्यक्रमको आयोजना गरिएको होे ।

    423542005_1108083937084906_8472431097603438013_n.jpg

    “हाम्रो प्रण, कर्णालि नदि तथा श्रोतहरुको संरक्षण” मुल नाराका साथ सञ्चालन गरिएको सचेतना कार्यक्रममा ३२ जना सहभागि रहेका थिए । कार्यक्रमको सहजिकरण परियोजनाबाट गठन गरिएका नदि खण्ड व्यवस्थापन समुह अगुवा द्धय कोपिला थारु र शिवलाल थारुले गर्नु भएको थियो ।

    दैनिक पढाई हुने बिषय बस्तु भन्दा फरक र नयाँ बिषयका साथै आफनै घर छेउमा बहने कर्णाली नदिमा ओत पाइनु र त्यसको संरक्षणका लागि परियोजना संचालनमा रहेको जानकारी पाउँदा निकै खुसि महसुस गरेको सहभागी विद्यार्थीहरुले बताएका थिए ।

    423472390_758062312969811_8257957705602595490_n.jpg

    यस परियोजना मार्फत यस अघि कर्णाली नदिको तल्लो तटमा आश्रित समुदायको बस्ति अनुसार कैलालिको लम्किचुहा नगरपालिकाको बलचौर देखि बर्दियाको राजापुर नगरपालिकाको वडा नं. ४ छेदिया सम्म गठन गरिएका १५ वटै समुहमा समुहका अगुवा मार्फत ओत संरक्षण सम्बन्धि सचेतना कार्यक्रम सञ्चालन गरिएको थियो ।

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij