गेरुवा गाउँपालिकाको वडा नं ३ गणेशपुर शान्तिवजारमा गौरी शंकर धार्मिक ज्ञान महायज्ञ शुरु भएको छ ।
गौरी शंकर धार्मिक सप्ताह ज्ञान महायज्ञ मुल आयोजक समितिको आयोजनामा गौरी शंकर मन्दिर प्राङ्गणमा सोमवार देखि ज्ञान महायज्ञको आयोजना गरिएको हो ।
गौरी शंकर मन्दिरको सर्वाङ्गीण विकास गर्न तथा सत्संग भवन सहितको व्यवस्थित धर्मशाला र दिव्यधाम निर्माणकालागि संगितमय श्रीमत भागवत कथा वाचन, १००८ सहस्त्र शालिकराम परिक्रमा, योग विज्ञान शिविर तथा बाल संस्कार कार्यक्रमको आयोजना गरिएको ज्ञान महायज्ञ मुल आयोजक समितिका संयोजक तेजराज वजगाँइले वताए ।
ज्ञान महायज्ञको उद्घाटन पानसमा दिप प्रज्वलित गरि गेरुवा गाउँपालिकाका अध्यक्ष जमान सिंह के.सी. ले गरेका थिए । उद्घाटन कार्यक्रममा अध्यक्ष के. सी.ले यस्ता किसीमका कार्यक्रमले मानिसलाई नैतिकवान वनाउन सघाउने वताउँदै गौरी शंकर मन्दिर परिसरमा निर्माण गर्न खोजिएको लक्ष्मीनारायणको मन्दिर निर्माणार्थ गाउँपालिकाबाट वजेट विनियोजन गर्ने प्रतिवद्धता समेत जनाए ।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष लक्ष्मी कुमारी चौधरी, वडा नं ३ का वडा अध्यक्ष निर्मल कुमार चौधरी निवर्तमान उपाध्यक्ष हेमा कुमारी थरुनी, समाजसेवि अरुण प्रकाश सिंह राठौर लगायतले महायज्ञ सफलताका लागि शुभकामना व्यक्त गरेका थिए ।
यस अघि मन्दिर परिसर बाट निकालिएको विशाल कलश यात्राले शान्तिवजार, वालुवाटार, सतमुरियाचौक, भगतपुर, गणेशपुर, मुलपानी, छोटकी गणेशपुर लगायतका स्थान परिक्रमागरी मन्दिर प्रवेश गरेको थियो ।
फागुन २७ गते सम्म सञ्चालनहुने ज्ञान महायज्ञको कथा वाचक आचार्य किशोर शरण सुवेदी रहेका छन् ।
