Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

गेरुवा गाउँपालिकाले थाल्यो सामुदायिक विद्यालयको अनुगमन

  • बर्दिया टुडे
  • 1.8K
    SHARES
  •  

    बर्दियाको गेरुवा गाउँपालिकामा विद्यालय अनुगमन सुरु गरिएको छ । गाउँपालिकाले शैक्षिक गुणस्तर सुधारका लागि विहिबार देखि सामुदायिक विद्यालयमा अनुगमन थालेको हो ।


    ADVERTISEMENT

    images

    विहिवार वडा नं. २ को एक प्रिय राठौर माध्यमिक विद्यालय पाताभार र वडा नं. ३ को नेपाल राष्ट्रिय प्राथमिक विद्यालय अनुगमन गरिएको हो ।
    ‘पालिका भित्रका सामुदायिक शिक्षण संस्थाहरुको शैक्षिक, भौतिक अवस्थाको यथार्थ जानकारी लिन अनुगमन गरिएको छ, त्यो एक प्रिय राठौर माध्यमिक विद्यालयवाट बाट सुरु गरिएको छ’ गेरुवा गाउँपालिका शिक्षा शाखा प्रमुख नवराज अधिकारीले भने, ‘पालिकाका सम्पूर्ण सामुदायिक विद्यालयहरुको अनुगमन गर्छाै ।’

    Untitled design (48).jpg

    अनुगमनमा गाउँपालिका अध्यक्ष जमान सिंह के. सी. उपाध्यक्ष एवम अनुगमन समिति संयोजक लक्ष्मी कुमारी चौधरी, सामाजिक विकास समितिका संयोजक निर्मल चौधरी, शिक्षा शाखा प्रमुख नवराज अधिकारी, सञ्चारकर्मी लगायतका सहभागी छन् ।

    गाउँपालिका भित्र रहेका सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तरको व्यवस्थापन, स्तरउन्नती र विद्यालयको सुसाशन प्रवद्र्धन गर्ने उद्येश्यले अनुगमन थालिएको गेरुवा गाउँपालिकाका सामाजिक विकास समिति संयोजक चौधरीले वताए ।

    गाउँपालिका अध्यक्ष के. सी. ले निशुल्क शिक्षा घोषण सँगै पालिकाको शैक्षिक अवस्था सुधारलाई आफुहरुले प्राथमिकता दिएको बताए ।

    Untitled design (49).jpg

    ‘अनुगमनका क्रममा शिक्षक दरबन्दी, भौतिक पूर्वाधार, विद्यार्थी संख्या, विद्यार्थीको उपस्थिति विद्यार्थी शिक्षकको नियमितता, शैक्षिक गुणस्तर सुधारको योजना, कार्यक्रम लगायतका विविध विषय हेरिएको शिक्षा शाखा प्रमुख अधिकारीले जानकारी दिए ।

    उनले विद्यालय अनुगमनपछि प्रतिवेदन तयार गरी नगर क्षेत्रको शैक्षिक अवस्था सुधारका लागि ठोस कार्य योजना बनाउने जानकारी दिए । गेरुवा गाउँपालिकामा २६ वटा सामुदायिक विद्यालय सञ्चालनमा छन् ।

    सम्बन्धित विषय:

    गेरुवा गाउँपालिका

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij