Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

गेरुवा खेलग्राममा पालिका स्तरिय कृषि मेला प्रदर्शनी सुरु

  • बर्दिया टुडे
  • 1.5K
    SHARES
  •  

    गेरुवा गाउँपालिकाको वडा नं. ४ नवज्याती वजार स्थित गेरुवा खेलग्राममा बुधवार देखि पालिका स्तरिय तेश्रो कृषी मेला प्रदर्शनी सुरु भएको छ ।
    समृद्ध गेरुवा गाउँपालिकाको आधार, कृषि, पर्यटन र पुर्वाधार भन्ने नाराका साथ आयोजना गरिएको कृषी मेला प्रदर्शनी पञ्चदेवल विनायक नगरपालिका विनायक अछामकी नगर प्रमुख अम्बिका चलाउने र गेरुवा गाउँपालिकाका अध्यक्ष जमान सिंह के. सी. ले संयुक्त रुपमा विरुवामा पानी सिचाई तथा पानसमा दिप प्रज्वलित गरे संगै सुरुभएको हो ।


    ADVERTISEMENT

    images

    Untitled design (42).jpg

    कृषि मेला प्रदर्शनीको उद्घाटन कार्यक्रममा वोल्दै विनायक नगरपालिका विनायक अछामकी नगर प्रमुख अम्बिका चलाउनेले राज्यले कृषि, शिक्षा र स्वास्थ्य जस्तो सम्वेदनशिल क्षेत्रमा लगानी नवढाई रहेको वर्तमान अवस्थामा कृषकहरुको कृषि उपज तथा विउलाई सुरक्षित राख्ने र वजारीकरणलाई व्यवस्थित गरेर लैजाने गेरुवा गाउँपालिकाको योजना अत्यन्तै महत्वपुर्ण रहेको वताउनु भयो ।

    उहाँले वर्षको १ करोड रुपैया पनि आन्तरिक आम्दानी नहुने र संघिय र प्रदेशकै अनूदानमा भर पर्नुपर्ने गाउँपालिकाले कृषिमा मात्रै करिव ५ करोड लगानी गर्नु सामान्य नभएको भन्दै यहाँ उत्पादन हुने थारु आलुलाई व्राण्डिङ्ग गरेर बेच्न अगाडी वढ्नु पर्ने वताउनु भयो ।

    उहाँले भन्नुभयो, ‘हामी कृषि प्रधान देश भनेर कराई रहेका छौं । हाम्रा दाजुभाई विदेशिएर उतै पलायन हुने अवस्था छ । तराईका फाँटहरु वाँझो हुने अवस्था आई सक्यो । यसलाई राज्यले सम्वेदनशिल ढंगले लिनु पर्छ । तराईका यी फाँटहरुमा राज्यले ठूलो लगानी गर्नु आवश्यक छ ।’

    Untitled design (43).jpg

    कार्यक्रममा वोल्दै गेरुवा गाउँपालिकाका अध्यक्ष जमान सिंह के. सी. ले पालिकाले कृषक तथा कृषि क्षेत्रका लागि यथासंभव कार्यहरु गरेको र कृषकका सवै मुद्धा आफुहरुले सम्वोधन गर्न नसक्ने वताए ।

    उनले कृषकको हितका निम्ति विभिन्न अनुदानका कार्यक्रमहरु प्रत्येक वर्ष सञ्चालन गरेको वताउँदै यस आर्थिक वर्षमा कृषि क्षेत्रकै लागि पालिकाले ४ करोड ९३ लाख रुपैयाँ विनियोजित गरेको वताए । उहाँले भन्नुभयाे, कृषकहरुकै समस्यालाई मध्यनजर गरेर कोल्ड स्टोरको निर्माण थालेकाछौं ।

    Untitled design (44).jpg
    undefined

    उद्घाटन कार्यक्रममा गेरुवा गाउँपालिका की उपाध्यक्ष लक्ष्मी कुमारी चौधरी, निवर्तवान उपाध्यक्ष हेमा कुमारी थरुनी, नेपाली काँग्रेस बर्दियाका जिल्ला सचिव मिनराज चौधरी लगायत विभिन्न राजनैतिक दलका प्रतिनिधिहरुले शुभकामना मनतव्य राख्नुभएको थियो ।

    निर्वाहमुखी कृषि लाई व्यावसायिक वनाउदै कृषकलाई कृषि पेशाप्रति प्रोत्साहित गर्न गाँउपालिकाका विभिन्न ठाउँमा उत्पादन भएका कृषि उपजको प्रचार–प्रसार एबं प्रतिष्पर्धा गराउदै उत्कृष्ठ कृषि उपज उत्पादन गर्ने कृषकलाई पुरस्कृत तथा थप प्रोत्साहित गर्नकालागि कृषी मेला प्रदर्शनीको आयोजना गरिएको गेरुवा गाउँपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत नवराज अधिकारीले वताउनु भयो ।

    Untitled design (45).jpg

    कृषि मेला प्रदर्शनीमा विभिन्न प्रजातिका खाद्यबाली समूह, फलफुल समूह, तरकारी समूह, सागपात समूह, दलहन तथा तेलहन समूह, आलु समूह, मसला समूह, माछा, मौरी, लगायतको कृषि स्टल राििखएको कृषि उपशाखा प्रमुख भाष्कर सिंह ठकुरीले वताए ।
    कृषि मेला प्रदर्शनीमा राखीएका विभिन्न बालीमा मुल्याङ्कन गरि मुल्याङ्कनका आधारमा प्रथम, द्वितिय, तृतिय र सान्त्वना हुने किसानका कृषि उपज वस्तुहरुलाई नगद पुस्कार तथा प्रमाण पत्र समेत वितरण गरीने आयोजकले जनाएको छ ।

    Untitled design (46).jpg

    त्यस्तै गेरुवा गाउँपालिकामा गठीत कृषक समुहहरुद्वारा प्रस्तुत गरिएको झाँकी र मेला अवधिभर प्रस्तुत गरिने कृषि संदेशमुलक सांस्कृतिक कार्यक्रमहरुमा उत्कृष्ठलाई पनि पुरस्कृत गरिने जनाईएको छ ।

    गेरुवा गाउँपालिका , गाउँपालिका स्तरिय कृषक समन्वय समिति , र गेरुवा गाउँपालिका अन्तरगतका गठित कृषक समुहको संयुक्त आयोजनामा कृषि मेला प्रदर्शनीको आयोजना गरिएकोहो ।

    कृषि मेला प्रदर्शनी ३ दिन अर्थात फागुन १८ गते शुक्रवारसम्म चल्ने छ ।

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij