समृद्ध गेरुवा गाउँपालिकाको आधार, कृषि, पर्यटन र पुर्वाधार भन्ने नाराका साथ गेरुवा गाउँपालिकाको वडा नं. ४ नवज्याती वजार स्थित गेरुवा खेलग्राममा बुधवार देखि पालिका स्तरिय कृषी मेला प्रदर्शनी २०८० सञ्चालन हुने भएको छ ।
निर्वाहमुखी कृषि लाई व्यावसायिक वनाउदै कृषकलाई कृषि पेशाप्रति प्रोत्साहित गर्न गाँउपालिकाका विभिन्न ठाउँमा उत्पादन भएका कृषि उपजको प्रचार–प्रसार एबं प्रतिष्पर्धा गराउदै उत्कृष्ठ कृषि उपज उत्पादन गर्ने कृषकलाई पुरस्कृत तथा थप प्रोत्साहित गर्नकालागि कृषी मेला प्रदर्शनीको आयोजना गरिएको गेरुवा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत नर वहादुर चन्दले वताए ।
गेरुवा गाउँपालिका , गाउँपालिका स्तरिय कृषक समन्वय समिति , र गेरुवा गाउँपालिका अन्तरगतका गठित कृषक समुहको संयुक्त आयोजनामा कृषि मेला प्रदर्शनीको आयोजना गरिएकोहो ।
कृषि मेला प्रदर्शनीमा विभिन्न प्रजातिका खाद्यबाली समूह, फलफुल समूह, तरकारी समूह, सागपात समूह, दलहन तथा तेलहन समूह, आलु समूह, मसला समूह, माछा, मौरी, लगायतको कृषि स्टल राखिने कूषि उपशाखा प्रमुख भाष्कर सिंह ठकुरीले वताए ।
कृषि मेला प्रदर्शनीमा राखीएका विभिन्न बालीमा मुल्याङ्कन गरि मुल्याङ्कनका आधारमा प्रथम, द्वितिय, तृतिय र सान्त्वना हुने किसानका कृषि उपज वस्तुहरुलाई नगद पुस्कार तथा प्रमाण पत्र समेत वितरण गरीने आयोजकले जनाएको छ ।
त्यस्तै गेरुवा गाउँपालिकामा गठीत कृषक समुहहरुद्वारा प्रस्तुत गरिएको झाँकी र मेला अवधिभर प्रस्तुत गरिने कृषि संदेशमुलक सांस्कृतिक कार्यक्रमहरुमा उत्कृष्ठलाई पनि पुरस्कृत गरिने जनाईएको छ ।
कृषि मेला प्रदर्शनी ३ दिन अर्थात फागुन १८ गते शुक्रवारसम्म चल्ने छ ।