Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

विद्यालय खानेपानी, सरसफाइ तथा स्वच्छता सुधारका लागि कचहरी

  • बर्दिया टुडे
  • 1.8K
    SHARES
  •  

    बर्दियाको गेरुवा गाउँपालिकामा पालिका स्तरीय शिक्षा कचहरी कार्यक्रम सञ्चालन गरिएको छ ।


    ADVERTISEMENT

    images

    खुल्ला छलफल मार्फत विद्यालयमा शैक्षिक गुणस्तर वृद्धि सँगै सरसफाइ तथा स्वच्छता सुधारका लागि पालिका स्तरीय शिक्षा कचहरी कार्यक्रम आइतवार सञ्चालन गरिएको हो ।

    कचहरी मार्फत परियोजना लागु भएका विद्यालयका प्रधामाध्यापक, व्यवस्थापन समितिका पदाधिकारी, बाल क्लब, किशोरी क्लब, वासगेन्स परियोजना र गेरुवा गाउँपालिकाका पदाधिकारीहरू तथा विषयगत शाखाका कर्मचारीको उपस्थितिमा विद्यालयको शैक्षिक गुणस्तर वृद्धि सँगै सरसफाइ तथा स्वच्छता सुधारका लागि कचहरी मार्फत खुल्ला छलफल गरिएको हो ।

    खुल्ला छलफल कार्यक्रममा वोल्दै गाउँपालिका अध्यक्ष जमान सिंह के. सी.ले पालिकाले १२ कक्षा सम्म निःशुल्क शिक्षा घोषणा गरिसकेको वर्तमान अवस्थामा विद्यालयहरुको पठनपाठनका गुणस्तरीय वनाउन आफुहरु लागिपरेको बताउँदै हाल सम्म खानेपानी, सरसफाई तथा स्वच्छताका लागि पालिकाले विभिन्न निकाय र संघ संस्थाहरु संग मिलेर कार्य गरिरहेको वताए । उनले भने, ‘विद्यालय खानेपानी, सरसफाई तथा स्वच्छता सम्बन्धी कार्यविधि तयार गर्न लागि परेका छौ ।’

    Untitled design (30).jpg

    कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत नर बहादुर चन्दले सामुहिक प्रयासले विद्यालयलाई राम्रो बनाउन सकिने बताए । उनले विद्यालयमा देखिएका समस्या समाधान गर्न गाउँपालिका हातेमालो गर्न तयार रहेको प्रतिवद्धता जनाए ।

    गेरुवा गाउँपालिकाको शिक्षा सरसफाइ तथा स्वच्छताको क्षेत्रमा देखिएका समस्यालाई समाधान गर्न समग्र वाश प्लान बनाएर पालिकाले काम गरिरहेको वताउँदै वास फोकल पर्सन रमेश प्रसाद बजगाईले फोहर व्यवस्थापनका लागि दुई ठाँऊमा डम्पिङ्ग साईड छनौट गरि व्यवस्थापनको योजना रहेको वताए ।

    गुणस्तरीय शिक्षाको लागि कक्षाकोठाको व्यवस्थापन, विद्यालयमा किशोरीहरुले प्रयोग गरेको प्याडको व्यवस्थापन, स्वच्छ खानेपानीको पहुँच हुनुपर्ने विषय बाल क्लवका पदाधिकारीले उठाएका थिए । त्यसैगरि विद्यालयको सरसफाईका लागि आफू बसेको स्थानको सफा गर्ने जिम्मेवारी पनि स्वयंको हुने र सबै लागेमा मात्र विद्यालयमा खानेपानी सरसफाइ तथा स्वच्छता व्यवस्थापन हुन सक्ने पशुपती माध्यमिक विद्यालयका प्रधानाध्यापक ज्ञानेन्द्र चौधरीले बताए ।

    Untitled design (31).jpg

    खुल्ला छलफलमा वाश गेन्स परियोजनाले विद्यालय खानेपानी, सरसफाइ तथा स्वच्छता सम्बन्धि गरेको काम प्रभावकारी रहेको विद्यालयका पदाधिकारीले बताएका छन् । परियोजना संचालन भएदेखि विद्यालय खानेपानी, सरसफाई तथा स्वच्छता अमुल परिर्वतन भएको विद्यालयका पदाधिकारीहरुले प्रतिक्रिया दिएका छन् ।

    परियोजनाले विद्यालय खानेपानी, सरसफाइ तथा स्वच्छताको लागि निर्माण गरेको पहँुच युक्त खानेपानी, शौचालय र हात धुने संरचनाको प्रयोग, संरक्षण र व्यवस्थापन गर्ने समेत सरस्वती आधारभुत विद्यालयका प्रधानाध्यापक योगेन्द्र चौधरीले प्रतिवद्धता जनाए ।

    गुणस्तरीय शिक्षा र बालबालिकाको चौतर्फी विकासको लागि सहभागीले आ–आफ्नो क्षेत्रबाट सहयोग गर्ने प्रतिवद्धतासमेत जनाएका छन् ।

    कचहरी कार्यक्रममा सहभागीहरुबाट उठेका जिज्ञासाको सम्बोधन गेरुवा गाँऊपालिकाका अध्यक्ष जमान सिंह के. सी., उपाध्यक्ष लक्ष्मी कुमारी चौधरी, प्रमुख प्रशासकिय अधिकृत नरबहादुर चन्द, शिक्षा शाखा प्रमुख नवराज अधिकारी, स्वास्थ्य शाखाका पुष्प बहादुर विष्ट र गाउँपालिकाका वास फोकल पर्सन रमेश प्रसाद बजगाईले गरेका थिए ।

    Untitled design (29).jpg

    कचहरी कार्यक्रमको उदेश्यको बारेमा वाश गेन्स परियोजनाका अनुगमन तथा मूल्याङ्कन अधिकृत मानबहादुर चौधरीले प्रकाश पारेका थिए भने महिनावारी स्वच्छता कार्यक्रम संयोजक मन्जु भट्टले परियोजनाले गरिरहेको कामहरुको बारेमा जनकारी गराएकी थिईन् । कचहरी कार्यक्रमको सहजीकरण भावुक योगीले गरेका थिए ।

    विद्यालयमा रहेका खानेपानी, सरसफाइ तथा स्वच्छता वातावरणलाई सकारात्मक बनाएर विद्यार्थीहरुको सिकाई प्रभावकारी बनाउन परियोजनाले काम गरेको छ । वाटरएड नेपालको आर्थिक सहयोग, बेस संस्था, राष्ट्रिय अपांगता महासंघ नेपाल, नेपाल प्रजनन स्याहार केन्द्रको प्राविधिक सहयोग र गेरुवा गाउँपालिकाको समन्वयमा गेरुवा गाँऊपालिकाका ४ वटा माध्यमिक र २ वटा आधारभूत.विद्यालयमा वास गेन्स परियोजना संचालन भईरहेको छ । ति मध्ये २ वटा मा. वि. मा वाश गेन्स परियोजनाले किशोर किशोरी पहुँच युक्त खानेपानी, शौचालय र हात धुने संंरचनाको निर्माण तथा पुराना संरचनाको मर्मत सम्भार गरिरहेको छ र बाँकी विद्यालयहरुमा मर्मत तथा नयाँ निर्माणको कार्यक्रम रहेको तालिम तथा एड्भोकेसी अधिकृत दुर्गा बहादुर चौधरीले जानकारी दिए ।

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij