आर्थिक वर्ष २०७९/०८० को कार्यसम्पादन मूल्यांकनमा बर्दियाका ८ स्थानीय तहमध्ये मधुवन नगरपालिका ४३.२९अंक प्रात गरी पहिलो भएको छ । गुलरिया नगरपालिका ४०.९५ र राजापुर नगरपालिका ३८.०५ अंक ल्याएर दोस्रो र तेस्रो भएका छन् ।
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले बुधवार सार्वजनिक गरेको प्रारम्भिक नतिजा अनुसार बाँसगढी नगरपालिकाले २८.१९, ठाकुरबाबा नगरपालिकाले २७.४९, बारबर्दिया नगरपालिकाले २५.३१, गेरुवा गाउँपालिकाले २३.९३ र बढैयाताल गाउँपालिकाले १७.०१ अंक प्राप्त गरेका छन ।
प्रदेश तथा स्थानीय तहको कार्यसम्पादन मूल्यांकन कार्यविधि २०७८ अनुसार १७ वटा सुचकका आधारमा वित्त आयोगले मूल्यांकन गरेको हो ।
देशका ७५३ स्थानीय तहमध्ये अर्घाखाँचीको सन्धिखर्क नगरपालिका पहिलो भएको छ ।
चितवनको भरतपुर महानगरपालिका ५६.२९ र गुल्मीको मालिका गाउँपालिका ५५.४० अंक ल्याएर तेस्रो भएका छन् । गाउँपालिकातर्फ मालिका देशकै प्रथम हो ।