पुरुषोत्तम खनाल/ धान सुपर जोन अन्तर्गतको राजापुर नगरपालिका र गेरुवा गाउँपालिकामा गरिने चैते धान र वसन्ते मकैका लागि आवश्यक पर्ने पानीको अभाव हुने देखिएको छ ।
पानी भागेको ठाँउमा बाध्न नसकेकाले पानी अभाव हुने देखिएको संयुक्त बुढीकुला जल उपभोक्ता समितिका चौधरी सोम प्रसाद थारुले वताउनु भयो । किसानलाई पानी आवश्यक पर्ने वेलामा वजेटको अभावमा आफुहरु समस्यामा परेको चौधरी थारुले वताउनु भयो ।
हिजो राजापुर नगरपालिकासँग सरसफाइका लागि छुट्याएको ८ लाखमा सम्झौता गरेको र भोलिदेखि बुढीकुलाको मसिन मर्मत र इन्धन हालेर काम गर्ने योजना बनाएको उहाँको भनाई छ ।
फिल्डमा अनुगमनका लागि कुन कुन कार्यालयको को को आउने आफुलाई थाहा नै नहुने र समितिसँग छलफल नै नगर्ने गरेकाले आफूले पानीका बारेमा सोध्ने सेवाग्राहीलाई उत्तर दिन नसकेको उहाँले वताउनुभयो ।
मुख्यमन्त्री कार्यालयबाट आएको २ करोड रुपैयाको मर्मत सम्भारका लागि टेन्डर खुल्ने प्रक्रियामा रहेको भन्ने खबर सुनेकोथारुको भनाई छ ।
अन्य विकासे योजना र कुलापानीको योजना फरक हुने भन्दै समयमै काम गर्नु पर्नेमा उहाँले जोड दिनु भयो ।