Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

वालवालिका माथि हुने दुर्व्यवहार तथा हिंसा विरुद्ध सडक नाटक प्रदर्शन

  • बर्दिया टुडे
  • 1.2K
    SHARES
  •  
    दुरपति चाैधरी (प्रशिक्षार्थी पत्रकार): गेरुवा गाउँपालिका वडा नं. ६ को सोनाफाँटामा वालवालिका माथि हुने दुर्व्यवहार तथा हिंसा विरुद्धको जनचेतना मुलक सडक नाटक प्रदर्शन गरिएको छ ।
     
    प्लान नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा सञ्चालित 'वालिका सशक्त परियोजना  अन्तरगत राधाकृष्ण थारु जनसेवा केन्द्रले सोमवार सडक नाटक प्रदर्शन गरेको हो।
     
    fffee14b-9b3b-4b9b-8c5c-6cf86aeaed9f.jpeg
     
    बालबलिका माथी हुने वालदुर्व्यहार हरु मध्ये विद्यालय तथा समुदायमा हुने शारीरिक  दुर्व्यवहारका वारेमा समुदाय लाई सचेतिकरण गर्ने उद्येश्यले नाटक प्रदर्शन गरिएको राधाकृष्ण थारु जनसेवा केन्द्रकी फिल्ड सुपरभाइजर शान्ती भट्टराईले बताउनु भयो ।
     
    नाटक मार्फत शारिरिक दुर्व्यवहार के के हुन सक्छन र त्यस्ले वालवालिकामा पार्न सक्ने नकारात्मक असर र निम्त्याउने समस्याका वारेमा समुदाय लाई जानकारी दिन खोजिएको थियो। भने विद्यालयमा हुने दुर्व्यवहारका वारेमा पनि जानकारी गराईएको थियो ।
     
    f1759e91-a770-43a3-8ff6-7361ee1fb333.jpeg
     
    वालविवाह वढी हुने अर्थात बालबालिका सम्बन्धी घटना बढी आउने समुदाय छनौट गरेर नाटक प्रदर्शन गरिएको आयोजकले जनाएको छ ।
    सडक नाटकमा स्थानिय जनप्रतिनिधी, समाजका बुद्धिजिवि, वडघर राजनैतिक दलका प्रतिनिधी तथा स्थानीयको उल्लेख्य उपस्थिति थियो ।
     

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij