दुरपति चाैधरी (प्रशिक्षार्थी पत्रकार): प्लान नेपाल इन्टरनेशनल नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा राधाकृष्ण थारु जनसेवा केन्द्र वर्दियाले विद्यार्थीहरुलाई लक्षित गरि क्यारियर परामर्श कार्यक्रम सञ्चालन गरेको छ ।
गाउँपालिकामा सञ्चालित ‘वालिका सशक्त परियोजना’ अन्तरगत गेरुवा गाउँपालिका वडा नं. ५ स्थित पशुपति माध्यमिक विद्यालय पशुपतिनगर र स्वरस्वती आधारभूत विद्यालय विन्द्रामा ‘क्यारियर परामर्श’ कार्यक्रम सञ्चालन गरिएको हो ।

परामर्शदाता कृष्ण पाण्डेयले कार्यक्रममा बाल विवाह, लागु औषध दुव्यसन र वालश्रम जस्ता विकृती कम गर्न सकारात्मक कुराहरु अगाल्दै राम्रो वाटो तिर लाग्न अभिप्रेरित गर्नुभएको थियो । भने पढेलेखेका व्यक्तिहरु र नपढेका व्यक्तिहरुको आर्थिक, सामाजिक तथा राजनैतिक हैसियत र फरकका बारेमा तुलनामक रुपमा चर्चा समेत कार्यक्रमा गरिएको थियो ।

साथै उहाँले विधार्थी हरुलाई परिक्षामा सफल हुन वा राम्रो अंक ल्याउनका लागि अपनाउनु पर्ने टिप्सका बारेमा जानकारी पनि गराउनु भयो ।
कार्यक्रममा दुई वटै विद्यालयका कक्षा ८ देखि १० सम्मका १ सय ५७ जना विद्यार्थीहरु सहभागी थिए ।