दुरपति चाैधरी (प्रशिक्षार्थी पत्रकार): दिगो माछा संरक्षण अभ्यास तथा नदी अनुगमन सम्बन्धी २ दिने प्रशिक्षण कार्यक्रम बर्दियाको राजापुरमा सम्पन्न भएको छ ।
“कर्णाली नदिमा ओत संरक्षणका लागि समुदायको जीबिकोपार्जन तथा अभिभावकत्व सवलिकरण परियोजना’’ अन्तरगत नदी खण्ड ब्यवस्थापन समुहहरुका अगुवाहरुलाई सञ्चालन गरिएको प्रशिक्षण शुक्रवार सम्पन्न भएको हो ।
बिश्व बन्यजन्तु कोष नेपालद्धारा नेपाल सरकारसँगको समन्वय र बेलायत सरकार अन्तर्गत दार्विन इनिसिएटिभको सहयोगमा, सोनाहा बिकास समाज बर्दिया, डल्फिन संरक्षण केन्द्र कैलाली, मुक्त कमैया महिला बिकास मञ्च कैलाली र साना स्तनधारी संरक्षण तथा खोज अनुसन्धान केन्द काठमान्डौ, द्वारा परियोजना संचालित छ ।

कर्णाली नदीमा जलिय जैबिक बिबिधताको संरक्षण तथा दिगो नदी ब्यबस्थापनका लागि समुदायलाई सचेतिकरण गर्दै दिगो माछा संरक्षण अभ्यासहरु मार्फत ओत संरक्षणमा सहयोग पु¥याउने उदेश्यले प्रशिक्षणको आयोजना गरिएकोे सोनाहा बिकास समाज बर्दियाका रत्न के.सी.ले बताउनु भयो ।
प्रशिक्षण कार्यक्रममा कर्णाली नदीको तल्लो तटमा आश्रित समुदायको बस्ती अनुसार कैलालीको लम्किचुहा नगरपालिकाको बलचौर देखि बर्दियाको राजापुर नगरपालिकाको वडा नं. ४ छेदिया सम्म गठन गरिएका १५ वटा सामुदायिक नदी खण्ड ब्यवस्थापन समुहहरु बाट ४५ जनाको सहभागिता रहेको थियो ।

प्रशिक्षण समापन कार्यकममा वोल्दै मत्स्य संरक्षण तथा मत्स्य खेती विज्ञ एवम प्रशिक्षण कार्यक्रमका सहजकर्ता शुरेश कुमार वाग्लेले समुहलाई आगामी दिनहरुमा नदी अगुमन गरी अनियमित कृयाकलापलाई न्युनिकरण मात्र होईन सुचना संकलन समेत गरी स्थानीय तहमा निती नियम बनाउन सहयोग पु¥याउन आग्रह गर्नु भयो । उहाँले निती नियम वन्यो भने नदीमा समुदायले पनि स्वामित्व पाउने छन र नदिमा आश्रित समुदायको जिबिकोपार्जनमा पनि दिगोपन आउने वताउनु भयो ।
कर्णाली नदिमै आफुहरु हुर्केपनिे यहाँ कती प्रजातीको माछा पाइन्छ, कुन माछा खतराको सुचिमा रहेको छ र कुन कुन माछाहरु रैथाने प्रजातिका हुन यिनको संरक्षण किन आवश्यक आवस्यक छ ? भन्ने कुरा प्रशिक्षण आफुहरुलई थाह नभए पनि प्रशिक्षणले जानकारी दिएकोको सहभागी सुमित्रा कुमारी चौधरीले बताउनुभयो ।

प्रशिक्षणमा सहभागीे राजा राम सोनाहाले कर्णाली नदीमा आफूहरुले परम्परगत रुपमा माछा मार्दै आएको भएता पनि माछाको जिवनचक्र र कानुनी प्रावधानहरु बारे प्रशिक्षण स्पष्ट भएको बताउनु भयो ।
तालिमले समुदाय स्तरमा नदीमा हुने अनियमित गतिबिधी, माछा तथा ओत संरक्षण सम्बन्धी स्थानीय समुदायको अभ्यास र ज्ञानमा अभिबृद्धी भएको र कर्णाली नदीमा हुने खतरा तथा जोखिम न्युनिकरण गर्न सहयोग प¥याउने बिश्व बन्य जन्तुकोषका राजेश साँदले बताउनुभयो ।