Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

राजापुरमा दिगो माछा संरक्षण अभ्यास तथा नदी अनुगमन सम्बन्धी प्रशिक्षण शुरु

  • बर्दिया टुडे
  • 1.5K
    SHARES
  •  

    दुरपति चाैधरी (प्रशिक्षार्थी पत्रकार): बर्दियाकाे राजापुरमा दिगो माछा संरक्षण अभ्यास तथा नदी अनुगमन सम्बन्धी प्रशिक्षण कार्यक्रम शुरु भएकाे छ ।


    ADVERTISEMENT

    images

    “कर्णाली नदिमा ओत संरक्षणका लागि समुदायको जीबिकोपार्जन तथा अभिभावकत्व सवलिकरण परियोजना’’ अन्तरगत नदी खण्ड ब्यवस्थापन समुहहरुका अगुवाहरुलाई बिहीवारवाट प्रशिक्षण शुरु गरिएकाे हाे । 

    बिश्व बन्यजन्तु कोष नेपालद्धारा नेपाल सरकारसँगको समन्वय र बेलायत सरकार अन्तर्गत दार्विन इनिसिएटिभको सहयोगमा, सोनाहा बिकास समाज बर्दिया, डल्फिन संरक्षण केन्द्र कैलाली, मुक्त कमैया महिला बिकास मञ्च कैलाली र साना स्तनधारी संरक्षण तथा खोज अनुसन्धान केन्द काठमान्डौ, द्वारा परियाेजना संचालित छ ।

    Subtitle (5).jpg

    कर्णाली नदीमा जलिय जैबिक बिबिधताको संरक्षण तथा दिगो नदी ब्यबस्थापनका लागि समुदायलाई सचेतिकरण गर्दै दिगो माछा संरक्षण अभ्यासहरु मार्फत ओत संरक्षणमा सहयोग पुर्याउनु प्रशिक्षणको मुख्य उद्येश्य रहेको सोनाहा बिकास समाज बर्दियाका रत्न के.सी.ले बताउनु भयो ।

    प्रशिक्षण कार्यक्रममा कर्णाली नदीकाे तल्लाे तटमा आश्रित समुदायको बस्ती अनुसार कैलालीकाे लम्किचुहा नगरपालिकाको बलचौर देखि बर्दियाकाे राजापुर नगरपालिकाको वडा नं. ४ छेदिया सम्म गठन गरिएका १५ वटा सामुदायिक नदी खण्ड ब्यवस्थापन समुहहरु बाट ४५ जनाको सहभागिता रहेको छ ।

    Subtitle (4).jpg

    तालिम पश्चात सह्भागीहरुले आफुले सिकेका कुरालाई आगामी दिनमा समुदाय स्तरमा नदीमा हुने अनियमित गतिबिधी, माछा तथा ओत संरक्षण सम्बन्धी स्थानीय समुदायको अभ्यास र ज्ञानमा अभिबृद्धी गर्दै कर्णाली नदीमा हुने खतरा तथा जोखिम न्युनिकरण गर्ने  बिश्व बन्य जन्तुकोषका राजेश साँदले बताउनु भयो ।

    २ दिन सम्म संचालन हुने प्रशिक्षण तालिमको सहजिकरण मत्स्य संरक्षण तथा मत्स्य खेति विज्ञ शुरेश कुमार वाग्लेले गरिरहनु भएको छ ।

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij