दुरपति चाैधरी (प्रशिक्षार्थी पत्रकार): शान्तिबजार बजार व्यवस्थापन समितिले फोहोर व्यवस्थापनका लागि शान्तिवजारका व्यवसयीहरुलाई डष्टविन वितरण गरेको छ ।
पहिलो चरणमा २५ वटा डष्टविन वितरण गरिसकेको समितिले दोस्रो चरणमा पुनः १५ वटा डष्टविन वितरण गरिएको शान्तिबजार बजार व्यवस्थापन समितिका अध्यक्ष जमान कडायतले जानकारी दिनुभयो ।
गेरुवा गाउँपालिकाको सहयोगमा र बजार व्यवस्थापन समितिको समन्वयमा वजार क्षेत्रभित्र बढ्दो फोहोर व्यवस्थापनका लागि डष्टविन वितरण गरिएको हो । फोहोर व्यवस्थापनमा चुनौति देखिएकोे वर्तमान समयमा बजार समितिले डष्टविन वितरण गरेर फोहोर व्यवस्थापनमा केही सहयोग पुगेको देखिन्छ ।
व्यवसायीहरुले फोहोरको दिगो व्यवस्थापनका लागि निश्चित ठाउँमा फोहोर व्यवस्थापन केन्द्र (डम्पिङ साइट) को व्यवस्था गर्न गाउँपालिकालाई आग्रह गरेका छन् ।