Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

नेटवर्किङ् व्यबसाय : ठगी गरेकाे आरोपमा फेरी एकजना समातिए

  • बर्दिया टुडे
  • 1.8K
    SHARES
  • ओरियन्स ग्लोवल मार्केटिंग प्राईभेट लिमिटेड नामक बहुराष्ट्रिय कम्पनीमा आबद्ध रही नेटवर्किङ् व्यबसायको नाममा “ठगी” गरेको आरोपमा अर्का एक जनालाई बर्दिया प्रहरीले पक्राउ गरेकाे छ ।
    कैलाली जिल्ला कैलारी गाउँपालिका वडा नं. ५ गोब्रईला बस्ने वर्ष २४ का मंजित चौधरीलाई जिल्ला प्रहरी कार्यालय गुलरिया बर्दियाबाट खटिईएको प्रहरी टोलीले सोमबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी निरिक्षक लक्ष्मण ओलीले बताए ।
    चौधरीलाई गुलरिया नगरपालिका वडा नंम्वर ६ बाट फेला पारी पक्राउ गरी “ठगी“ शिर्षकमा आवश्यक अनुसन्धान कार्य भईरहेको उनले बताए । प्रहरीले यसअघि सोही आरोपमा ४ जनालाई पक्राउ गरी सार्वजनिक गरिसकेको छ ।

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij