बर्दियाको राजापुरमा मंगलबार कलश यात्रा गरिएको छ । राजापुर नगरपालिका –४ घुम्ना स्थित हथियावावा गणेश मन्दिरबाटसुरु भएको यात्राले कर्णाली नदीको पवित्र पानी कलशमा भरी राजापुर बजार परिक्रमा गरेको थियो ।

मंगल चौथी तथा मन्दिर स्थापनाको ५० औं बर्षगाठ को अवसर पारेर हथियावावा गणेश मन्दिर संरक्षण समितिले कलश यात्राको आयोजना गरेको हो ।
कलश यात्रामा हजारौको संख्यामा श्रद्धालु भक्तजनहरुको सहभागीता थियो ।












