गेरुवा गाउँ पालिकामा बाल अधिकार तथा वाल संरक्षण सम्बन्धी सरोकारवालाहरूसँग छलफल तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
सोमवार प्लान नेपाल इन्टरनेशनल नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा राधाकृष्ण थारू जनसेवा केन्द्र, बर्दियाको आयोजनमा वडा नं.५ मा कार्यक्रम सम्पन्न भएको हो ।

वडा नं.५ का वडा अध्यक्ष धर्मप्रकाश थारुको समापतित्वमा सम्पन्न कार्यक्रममा वडा सदस्यहरु, वडा स्तरिय वाल संरक्षण समितिका पदाधिकारीहरु र संचारकर्मी लगायत २१ जनाको कार्यक्रममा सहभागिता रहेको थियो ।

सहभागीहरूलाई बाल अधिकार, वाल संरक्षण, बालबालिका सम्बन्धी विद्यमान कानुनी प्रावधान र शिक्षा, स्वास्थ्य प्रजनन अधिकार तथा यौनिक तथा लैङ्गिक हिंसाको पहिचान, प्रकार र अवस्थाका एवम पालिका तथा वडा स्तरिय वाल संरक्षण समितिको गठन, काम, कर्तव्य र अधिकारका वारेमा अभिमुखिकरण तथा छलफल गराईएको थियो ।

कार्यक्रमको सहजिकरण गेरुवा गाउँपालिका महिला वालवालिका तथा समाज कल्याण उपशाखा प्रमुख रमा पुन मगरले गर्नु भएको थियो भने सञ्चालन प्लान नेपाल इन्टरनेशनको सहयोगमा राधाकृष्ण थारू जनसेवा केन्द्र द्वारा सञ्चालित वालिका सशक्त परियोजनाको गेरुवा गाउँपालिका फिल्ड सुपरभाईजर शान्ती भट्टराईले गर्नुभएको थियो ।