Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

गेरुवा गाउँपालिकाको प्रथम सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

सार्वजनिक सुनुवाईमा आएका सुझावहरुलाई अपनत्व लिदै कार्यान्वयनको प्रकृयामा जाने प्रतिवद्धता
  • बर्दिया टुडे
  • 733
    SHARES
  •  

    गेरुवा गाउँपालिकाको आर्थिक बर्ष २०८०/०८१ को प्रथम सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । गेरुवा गाउँपालिकाको आयोजना तथा गेरुवा कर्णाली पोष्ट दैनिकको सहजिकरणमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको हो।


    ADVERTISEMENT

    images

    कार्यक्रममा गाउँपालिकाले प्रदान गर्ने सेवा प्रवाह तथा सञ्चालीत विकास कार्यक्रम वारेमा प्रकाश पारिएको थियो । भने सेवाग्राही नागरिकले उठाएका सवालमा स्पष्टता ल्याउने प्रयास गरिएको थियो । कार्यक्रमका सहभागीहरूले गाउँपालिकाले प्रदान गर्ने सेवा सुविधा सेवा सुविधा , कार्यान्वयनको प्रकृया र सञ्चालित विकस कार्यक्रमका बारेमा सवाल उठाएका थिए । भने पालिकालाई सुझाव समेत दिएका थिए।

    कार्यक्रममा उठेका प्रश्न तथा जिज्ञासाहरु लाई प्रष्ट पार्दै गेरुवा गाउँपालिकाका अध्यक्ष जमान सिंह के.सी. ले सार्वजनिक सुनुवाईमा आएका सुझावहरुलाई अपनत्व लिदै कार्यान्वयनको प्रकृयामा जाने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

    5e1841ba-82e5-471b-a5ab-164411c1d094.jpeg

    गाउँपालिकाले वर्षभरी गरिएका योजना तथा प्रदान गरिएका सेवाको पादर्शीता सुनिश्चीत गर्नका लागी गाउँपालिकाले  सार्वजनिक सुनुवाई गर्ने गरेको गेरुवा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत नर बहादुर चन्दले बताउनुभयो  ।

    कार्यक्रममा गाउँपालिकाको प्रगती प्रतिवेदन योजना शाखा प्रमुख कुननारायण चौधरी, स्वास्थ्य शाखा प्रमुख नारायण भण्डारी र आर्थिक प्रशासन शाखा प्रमुख सुदिप सिग्देलले प्रस्तुत गर्नु भएको थियाे ।

    कार्यक्रमकाे संचालन हिमालय खनालले गर्नुभएको थियो भने वहिर्गमन अभिमत र नागरिक प्रतिवेदन प्रस्तुत गेरुवा कर्णाली पाेष्टका संचालक सन्ताेष पाैडेलले गर्नुभएकाे थियाे ।

    e0b5dd6b-c055-4e95-97da-8b08cf9c0837.jpeg

    गाउँपालिकाका अध्यक्ष जमान सिंह केसीको सभापतित्वमा सम्पन्न कार्यक्रममा गेरुवा गाउँपालिका भित्र रहेका सामाजिक संघ संस्था, राजनैतिक दलका प्रतिनिधि, पत्रकार, कर्मचारी, वूद्धिजिवि, व्यापारी लगायत गेरुवावासीहरुको उपस्थिति रहेको थियो ।

    f350a8c9-13b1-471c-bf45-6df971eebf9e.jpeg

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij