Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

घरको भित्ताले च्यापिएर एकको मृत्यु, दुईजना घाइते : घाइतेकाे नेपालगञ्जमा उपचार हुँदै

  • बर्दिया टुडे
  • 2.0K
    SHARES
  • बर्दियाको गुलरियामा घरकाे भित्ताले च्यापिएर एकजनाको मृत्यु भएको छ। गुलरिया भूरिगाउँ हुलाकी सडक निर्माणका लागि अतिक्रमित घरको संरचना भत्काउने क्रममा गुलरिया ५ का ६० वर्षीय भविप्रसाद पौडेलको घटनास्थलमै मृत्यु भएको हो ।

    आफ्नै घरको माथिल्लो तल्लाको भित्ता खसेर च्यापिएका पौडेलको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएकाे छ । उनी दुर्गा गेष्ठ हाउसका संचालक पनि हुन्। भित्ता भत्किँदा दुईजना कामदार पनि घाइते भएका छन्। प्रहरीका अनुसार बढैयाताल गाउँपालिका ९ शक्तिनगर निवासी १४ वर्षीय नवराज चौधरी र ३३ वर्षीय मनकराम चौधरी गम्भीर घाइते भएका छन् । घाइते नवराज चौधरीको भेरी अञ्चल अस्पताल तथा मनकरामकाे नर्सिङ्ग हाेम नेपालगञ्जमा  उपचार भइरहेको छ ।


    ADVERTISEMENT

    images

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij