Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

रेडक्रस सोसाइटी राजापुर उपशाखा (क)मा पाण्डेको प्यानल बिजयी

  • बर्दिया टुडे
  • 1.9K
    SHARES
  •  

    केशव काेईराला, राजापुर / नेपाल रेडक्रस सोसाइटी बर्दिया राजापुर उपशाखा (क) को सभापतिमा संयुक्त प्यानलका सभापती उम्मेदवार कमल पाण्डे बिजयी भएका छन् । पाण्डेले २ सय ३१ मत ल्याउदा प्रतिद्वन्दी स्वतन्त्र प्यानलका माया भट्टराइले १ सय १० मत ल्याएकी छन् ।


    ADVERTISEMENT

    images

    यस्तै सचिव पदमा संयुक्त प्यानलका घनश्याम चौधरी बिजय भएका छन् । चौधरीले २ सय ३३ मत ल्याउदा प्रतिद्वन्दी चन्द्रश्वर शर्मा सुवेदीले ९९ मत ल्याएका छन् ।

    यस्तै सदस्यहरुमा २ सय ३४ मतसहित रामवहादुर चौधरी, २ सय ३० मत सहित कृष्ण प्रसाद शर्मा, २ सय २८ मत सहित मान वहादुर आले र २ सय २७ मत सहित जीवराज रेग्मी बिजयी भएका छन् ।

    कुल ६ सय ४२ मतदाता संख्या रहेकोमा ३ सय ७६ मत खसेको निवार्चन अधिकृत कुमार लामिछानेले जानकारी दिए । यस अघि आइतवार ४ जना निर्विरोध निर्वाचित भएका छन् ।

    निर्विरोध हुनेमा उपसभापती पदमा रत्ना केशी, उप सचिवमा देवी केशी, सहकोषाध्यक्षमा, कृष्णकला श्रेष्ठ, र सदस्यमा देवी तिमिल्सीना रहेका छन् ।

    Title (5).jpg

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij