बर्दियाको राजापुर नगरपालिकामा रहेको युनिक नेपालले भौराटप्पा क्षेत्र अन्तर्गत सामुदायीक विद्यालयका गरीब, विपन्न तथा जेहेन्दार विद्यार्थीहरुलाई ६ लाख ५० हजार रुपैयाको छात्रवृत्ति वितरण गरेको छ ।
राजापुर नगरपालिका र गेरुवा गाउँपालिका भित्रका १४ सामुदायिक विद्यालयमा अध्ययनरत कक्षा ८ देखी १२ कक्षा सम्म अद्ययनरत विद्यार्थीहरुलाई छात्रवृत्ति रकम प्रदान गरेको हो ।
कार्यक्रममा ३० जना बिद्यार्थी लाई जनही १० हजार रुपैयाका दरले दिर्धकालीन छात्रबृत्ति र ५० जना विद्यार्थीलाई जनही ७ हजारका दरले अल्पकालिन छात्रबृत्ति रकम प्रदान गरिएको छ । छात्रबृत्ति रकमको चेक युनिक नेपालका संरक्षक तथा पूर्व भूमि सुधार मन्त्री डा. गोपाल दहितले एक कार्यक्रमका विच हस्तान्तरण गर्नुभयो ।

कार्यक्रममा बोल्दै डा. दहितले छात्रवृत्ति रकम सानो भए पनि यसले अति विपन्न तथा अविभावक विहिन बालबालिकाको शिक्षामा टेवा पुग्ने बताए । उहाँले भन्नुभयाे, ‘अहिलेको जमाना शिक्षाको हो । शिक्षा भएन भने आत्मनिर्भर बनाउन सकिदैन ।’ भौराटप्पा क्षेत्रको शिक्षाको बिकासका निम्ती आफु र युनिक नेपाल सदैव तत्पर रहेको उहाँले बताउनुभयो ।
आर्थिक अभावले कुनैपनी बिध्यार्थी बिध्यालय छोड्न नपरोस् भन्ने युनिकको उदेश्य भएको वताउँदै युनिक नेपालका अध्यक्ष डा दतिले भन्नुभयो, ‘छात्रबृत्ति रकम सहि सदुपयोग गर्नुहोस् यो कार्यक्रमलाई अझै प्रभावकारी बनाएर लैजानेछौं ।’
यस क्षेत्रका नागरिकहरु विपन्न अवस्थामा रहेकाले आफ्ना वालवालिकाहरुलाई उच्च शिक्षा अध्ययन गराउन नसक्ने अवस्थामा रहेकाले युनिक नेपालले उच्च शिक्षा हासिल गर्नका लागि युनिक छात्रवृत्ति लागुगरी प्रत्येक वर्ष छात्रवृत्ति वितरण गर्दै आएको र यसलाई निरन्तरता दिने कार्यक्रमका सभापती तथा युनिक नेपालका अध्यक्ष प्रिम बहादुर थारुले बताउनु भयो ।

‘युनिक छात्रवृत्ति’ अन्तरगत दिर्धकालीन छात्रबृती सामुदायिक विद्यालयमा कक्षा ८ मा अध्ययनरत विद्यार्थीहरुलाई ५ वर्ष सम्म र अल्पकालिन छात्रबृत्ति ११ र १२ मा अध्ययनरत विद्यार्थीहरु लाई एक वर्षको लागि विद्यार्थीहरुको आवेदन संकलन गरी छनोट समितिले गरेको निर्णय अनुसार प्रदान गरिने युनिक नेपालका कार्यक्रम अधिकृत सोम डेमनडौराले वताउनुभयो ।
यसै बिच छात्रवृत्ति वितरण कार्यक्रममा डा. दहितद्वारा सम्पादित थारु भाषा, साहित्य र सँस्कृती झल्कने थारुडफ/ढमार गित, थारुकहकुट(कहावट) थारु बाल्हा झुल्ना ओ वैठौवा गित नामक ३ कृतीको बिमोचन समेत गरिएको छ ।
कार्यक्रममा २ ओटै पालिकाका सामुदायिक विद्यालयका प्रधानाध्यापक, वरघर कुलापानी चौधरी युनिक नेपालका पदाधिकारीहरु, अविभावक तथा विद्यार्थीहरु सहभागी थिए ।