बर्दियाको गेरुवा गाउँपालिका वडा नं. १ मा विजुलीको तार सर्ट भई एक गोठमा आगलागी हुँदा सवा चार लाख वरावरको क्षति भएको छ ।
सोमवार राती करिव १ बजे तिर जनकनगर बस्ने कृष्ण प्रसाद थारुको धर छेउमै रहेको खरवारले वनेको २ कोठे २ तले गोठमा आगलागी भएको हो ।
आगलागीबाट गोठमा रहेको डल्लप, ४ वटा बंगुरका पाठा, धानको वीउ राख्न प्रयोग गरिने ५ सय वटा ट्रे, घर वनाउन प्रयोग गरिने सिसमको काठ तथा दैनिक उपभोग्य सामानहरु जली करिव ४ लाख २७ हजार वरावरको क्षति भएको प्रहरीले जनाएको छ ।
आगलागीवाट मानविय क्षति भने भएको छैन ।