Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

पाटे बाघको आक्रमणमा परी माहुतेको ज्यान गयो

  • बर्दिया टुडे
  • 5.6K
    SHARES
  • बर्दिया राष्ट्रिय निकुञ्जभित्र पाटे बाघको आक्रमणबाट मंगलबार दिउसो एक माहुतेको ज्यान गएको छ ।

    निकुञ्जभित्र गैँडा मचाननजिक पाटे बाघको आक्रमणबाट बर्दिया ठाकुरबाबा नगरपालिका ७ मोहनपुर गाउँका ४५ वर्षिय निकुञ्जका माहुते कर्मचारी मंग्रु थारुको ज्यान गएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले जानकारी दिनुभयो ।


    ADVERTISEMENT

    images

    बर्दिया निकुञ्जमा पालेको हात्तीलाई चराउन निकुञ्जभित्र जंगल गएका तीन जना माहुतेमध्ये मंग्रु थारुलाई निकुञ्जभित्रको गैँडा मचान नजिक पाटे बाघले आक्रमण गर्दा घटनास्थलमै ज्यान गएको उहाँले बताउनुभयो ।

    हात्तीका लागि घाँस काटने क्रममा पाटे बाघले माहुते थारुलाई झम्टेर केही पर लगेको र होहल्ला गरेपछि बाघले छाडेर गएको निकुञ्जले जनाएको छ ।  

    बर्दियामा पछिल्लो समय पाटे बाघले मान्छेलाई आक्रमण गर्ने क्रम बढेको छ । यसअघि निकुञ्ज भित्रबाट बाहिर आएको पाटे बाघको आक्रमणबाट ६ जनाको ज्यान गइसकेको छ ।  

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij