Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

विभिन्न कानुन निर्माण गर्दै गेरुवा गाउँपालिकाको हिउँदे गाउँ सभा सम्पन्न

  • बर्दिया टुडे
  • 1.5K
    SHARES
  •  

    गेरुवा गाउँपालिकाले आफ्नो हिउँदे गाउँ सभा विभिन्न कानुन निर्माण गर्दै सम्पन्न गरेको छ ।


    ADVERTISEMENT

    images

    एक दिनका लागि सञ्चालन भएको १५ औं गाउँसभाले ऐन, नियम, नियमावली र निर्देशिका पारित गर्दै कानुनी बाधा-अडचनसमेत फुकाएको हो ।

    Messenger_creation_29937c0b-250a-4638-8495-ac1da62bb12e.jpeg

    हिउँदे गाउँसभाले गाउँपालिकाका लागि आवश्यक ऐन, कानुन पारित गर्न सफल भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नर बहादुर चन्दले बताए ।

    उनका अनसार गाउँपालिकाका लागि आवश्यक ऐन कानुन, नियम, नियमावली कार्यविधि र निर्देशिका पारित भएको र अब राजपत्रमा प्रकाशन गरेर कार्यान्वयनमा ल्याउने बाटो गाउँपालिकालाई खुलेको छ ।

    Messenger_creation_6ccd6daf-063e-4a52-9f69-5bb2c8d05fc2.jpeg

    यसरी हिउँदे गाउँसभाद्वारा पारित गरिएका काननमा गेरुवा गाउँपालिकाको आपतकालिन अग्रीम कार्य योजना, २०८०, पर्वानुमानमा आधारित अग्रीम कार्य समुदायमा आधारित लाभग्राहीको पहिचान कार्य संचालन निर्देशिका, २०८०, निः शुल्क शिक्षा कार्यक्रम कार्यान्वयन कार्यविधी, २०८०, समुदायमा गई स्वास्थ्य सेवा प्रदान गर्ने स्वास्थ्यकर्मी लाई यातायात खर्च कार्यविधी, २०८०, नसर्ने रोग तथा मानसिक स्वास्थ्य समस्या सम्बन्धी कार्यक्रम संचालन कार्यविधी, २०८०, युवा क्लव र युवा परिषद गठन एवम सञ्चालन कार्यविधी, २०८०, सुरक्षित मातृत्व तथा नवशिशु अन्तर्गत औजार, उपकरण, सामाग्री र कार्यक्रम संचालन कार्यावधी, २०८० छन् ।

    Messenger_creation_b3f94117-4f4d-4131-a683-466acb9f8674.jpeg

    त्यसैगरी, गाउँपालिका अध्यक्ष जमान सिह के. सी. को अध्यक्षतामा सञ्चालन भएको सभाले करको दरमा संसोधन गर्दै कन्सल्टेन्सी सुचीकरण शुल्क तथा गाउँपालिका सभाहल भाडा (प्रतिदिन) क्रमशः रु १ हजार र रु २ हजार कायम गरेको छ । भने प्रति क्युव बक्स (२१ दिनको) रु ५०/- कायम गरेको छ । त्यसैगरी गाउँसभाले स्वीकृत वार्षिक कार्यक्रमको शिर्षक संशोधन, वजेट रकम रकमान्तर तथा विनियोजन गमेत गरेको छ । भने कार्यपालिका बैठकले हालसम्म गरेका निर्णयहरु समेत अनुमोदन गरेको छ ।

    Messenger_creation_e216e2f4-061c-439c-b814-65d558cd759f.jpeg

    ऐन कानुनको निर्माणले अव गाउँपालिकालाई काम गर्न सहज भएको बताउँदै प्रमुख प्रशासकीय अधिकृत चन्दले त्यसलाई तत्काल कार्यान्वयनमा ल्याउने बताए ।

    Messenger_creation_cf8d09b7-6e54-45e1-8244-a51f2ed6ce6e_1.jpeg

    गेरुवा गाउँपालिकाले हालसम्म ७९ वटा ऐन कानुन, नियम, नियमावली, कार्यविधि र निर्देशिका निर्माण गरेको जनाएको छ ।

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij