Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

अभिभावक विहीन बालबालिका सँग लायन्स क्लब र देविदत्त गण

  • बर्दिया टुडे
  • 3.3K
    SHARES
  •  

    बर्दियाको मधुवन नगरपालिका वडा नं–१ सुर्यपटुवा(पथ्थरबोझी) स्थित श्री सरस्वती आधारभूत विद्यालयमा रहेका अभिभावक विहीन बालबालिकाहरुलाई राहत सामाग्री प्रदान गरिएको छ ।


    ADVERTISEMENT

    images

    बर्दिया राष्ट्रिय निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेना देविदत्त गण र लायन्स क्लब नेपालगन्जले विहिबार राहत सामाग्री विद्यालयका प्रधानाध्यापक घनराज खत्रीलाई राहत सामाग्री हस्तान्तरण गरिएको हो ।

    गभर्नर लायन्स मुकुट ढकाल, मधुवन नगरपालिकाका नगरप्रमुख तेज बहादुर भाट, देविदत्त गणका गणपति हिमालय थापा मधुवन नगरपालिकाका नगर उप–प्रमुख अनिता चौधरी, नगरपालिका वडा नं–१ का वडा सदस्य धनिराम थारु, रामचरण चौधरी, कार्यपालिका सदस्य कृष्ण परियार, लायन्स क्लब नेपालगन्जका जिल्ला सेक्रेटरी लायन्स उमा थापा लगायत बुद्धिजीवी अभिभावक विद्यार्थी समाजसेवी उपस्थितिमा राहत हस्तान्तरण गरिएको थियो ।

    लायन्स क्लब नेपालगन्जका तर्फबाट १० थान म्याट बेड, १० थान सिरक, १० थान सिरानी र कपी कलम विद्यालयलाई हस्तान्तरण गरिएको थियो भने दैनिक उपभोग्य खाद्य सामाग्री चामल, दाल, आलु, तेल, खुर्सानी, अदुवा, चियापत्ती, चिनी, लसुन, प्याज, नुन, धनिया मसला लगायत खाद्य सामाग्री नेपाली सेना देविदत्त गण बर्दियाले सहयोग गरेको गणपति हिमालय थापाले बताउनु भयो ।

    ee1af4f5-35ee-46f0-baf7-a67d1617de1f.jpeg

    मधुवन नगरपालिकाका नगरप्रमुख तेज बहादुर भाट साँझ विहान घण्टी हल्लाउँदैमा धर्म नहुने बताउँदै मानवीय सेवा नै सबैभन्दा ठूलो धर्म भएको बताउनु भयो । उहाँले लायन्स क्लब नेपालगन्जलाई आभार तथा धन्यवाद व्यक्त गर्देे अभिभावक विहीन बालबालिकाहरुलाई अति आवश्यक देखिएको छात्रावास, खानेपानी र जंगली वन्यजन्तु रोक्नका लागि तारवार गर्न मधुवन नगरपालिका संग सहकार्यका लागी लायन्स क्लब नेपालगन्जसंग अनुरोध गर्नु भयो ।

    राहत हस्तान्तरण कार्यक्रममा लायन्स क्लब नेपालगन्जका सभापति मख्खन धामीले यस ठाउँका बारेमा जानकारी गराई मानवीय सेवा प्रदान गर्ने मौका जुराइदिने देविदत्त गणका गणपति हिमालय थापालाई धन्यवाद ज्ञापन गर्दे विद्यालयका कुनै पनि बालबालिकाहरुको दाँतको समस्या भएमा लायन्स क्लब द्वारा संचालित डेन्टल अस्पतालले निःशुल्क उपचार गर्ने प्रतिबद्धता जनाउनु भयो । उहाँले अगामी दिनहरुमा यस अभिभावक विहिन बालबालिका र विद्यालयलाई समस्याको समाधान गर्न ब्यक्तिगत वा लायन्स क्लबको तर्फबाट सक्दो सहयोग गर्ने बताउनु भयो ।

    २०७५ जेष्ठदेखि ५ जना अभिभावक विहीन बालबालिकाबाट विद्यालयमा शुरूवात गरिएको आवासगृहमा छात्रा १२ जना, छात्र २७ जना गरी ३९ जना बालबालिका रहेका छ्न । आश्रय लिईरहेका बालबालिकाहरु बर्दिया,बाँके,दाङ्ग, कैलाली र जुम्लासम्मका बालबालिका रहेको सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक घनराज खत्रीले जानकारी दिनुभयो ।

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij