सरकारले आर्थिक वर्ष २०८०/८१ को गहुँ बालीको न्यूनतम सर्मथन मूल्य निर्धारण गरेको छ ।
गत वर्ष गहुँको न्यूनतम समर्थन मूल्य ३ हजार ३ सय ५१ रुपैयाँ रहेको थियो । सरकारले गत वर्षको भन्दा २ सय ९९ रुपैयाँ मूल्य बढाएर यसवर्षका लागि मूल्य निर्धारण गरेको हो ।
यो वर्ष गहुँको प्रतिक्विटल उत्पादन २ हजार ९ सय ७७ रुपैयाँ ७२ पैसा, उत्पादन लागत प्रतिक्विटल ५ सय ९४ रुपैयाँ ५४ पैसा र प्रतिक्विटल ढुवानी लागत ७६ रुपैयाँ ८८ पैसा गरी ३ हजार ६ सय ५० रुपैयाँ १४ पैसा प्रतिक्विन्टल मूल्य निर्धारण गरिएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।