Logo

सोमवार, भाद्र १ गते २०८३ / Monday, 2026-08-17

images
images

आज शुक्रबार देखि प्रादेशिक महोत्सव गुलरियामा सुरु हुँदै

महोत्सवको उद्घाटन लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले गर्ने
  • बर्दिया टुडे
  • 1.3K
    SHARES
  •  

    गुलिरया / आज देखि प्रादेशिक कृषि, पर्यटन तथा औद्योगिक व्यापार महोत्सव गुलरियामा सुरु हुँदैछ । शुक्रबार देखि सुरु हुने महोत्सव पौष १६ गतेसम्म चल्नेछ ।


    ADVERTISEMENT

    images

    महोसत्वमा राष्ट्रिय तथा स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति रहनेछ । महोत्सवको उद्घाटन लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले गर्ने जनाईएको छ । गुलरिया नगरपालिका–८ कोठिया गाउँ नजिक (निलो आयल पेट्रोल पम्मको पुर्व पट्टि) महाेत्सव सञ्चालन हुनेछ ।

    महोत्सव उद्घाटनको दिन आज शुक्रबार (पौष ६ गते) राष्ट्रिय कलाकार दिपक खड्का र शोभा त्रिपाठी आउने उद्योग वाणिज्य संघ गुलरियाका अध्यक्ष देवेन्द्र पाण्डेले जनाएका छन् ।

    त्यसैगरी पौष ७ गते प्रिति आले,सुनिल पण्डित,अस्मिता पुरी, ८ गते सुप्रीम मल्ल, सोनु कुस्मी,कमल विसि, ९ गते एलिना चौहान, राजमी खाड,दर्पण कुस्मी, १० गते सान्ती श्री परियार, श्रीनिवास चौधरी,११ गते प्रमोद खरेल, अन्जली अधिकारी,राज कुस्मी आउने छन् ।

    १२ गते चक्र बम,अन्जु कुस्मी,टीका जैसी, १३ गते रमेश राज भट्टराई,ज्योति मगर,१४ गते प्रीति पास्वान,आरके थारु,एन्जिला रेग्मी,१५ गते पल शाह,पुर्णकला विसि, काजिस श्रेष्ठ, १६ गते अनु चौधरी दिनेश काफ्ले, कोस खड्का र विष्णु थापा आउने जनाईएको छ ।

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij