Logo

आइतवार, श्रावण ३१ गते २०८३ / Sunday, 2026-08-16

images
images

लैङ्गिक तथा अपाङ्गतामैत्री शौचालय विद्यालयलाई हस्तान्तरण

  • बर्दिया टुडे
  • 1.5K
    SHARES
  •  

    बनकट्टी । सरस्वती आधारभूत विद्यालय गेरुवा ३ बनकट्टीमा निर्माण भएको लैङ्गिक तथा अपाङ्गतामैत्री शौचालय एक कार्यक्रमका विच विद्यालयलाई हस्तान्तरण गरिएको छ ।


    ADVERTISEMENT

    images

    गेरुवा गाउँपालिकाका अध्यक्ष जमान सिंह के. सी., बि–ग्रपका कार्यकारी निर्देशक डम्मर सुनार र प्लान इन्टरनेशनल नेपाल बाल विवाह न्यूनिकरण परियोजनाका कार्यक्रम अधिकृत बिमल गैरेले संयुक्त रुपमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कैलाश थारु र प्रधानाध्यापक तेज बहादुर सिंहलाई एक कार्यक्रमका विच हस्तान्तरण गर्नु भएको हो ।

    f081061b-2783-43ef-8c9f-1188120bf941.jpeg

    गेरुवा गााउँपालिकाको समन्वय तथा प्लान इन्टरनेशनल नेपाल र बि–ग्रुपको साझेदारीमा सञ्चालित बाल विवाह न्यूनिकरण परियोजना मार्फत १४ लाख ५५ हजार ९ सय ६ रुपैैँया ३७ पैसा लागतमा लैङ्गिक तथा अपाङ्गतामैत्री शौचालय निर्माण सम्पन्न गरिएको हो ।

    विद्यालयको परिसरमा बुधबार सम्पन्न भएको कार्यक्रममो विद्यालयलाई लैङ्गिक तथा अपाङ्गतामैत्री शौचालय हस्तान्तरण गरेपछी गाउँपालिका अध्यक्ष के.सी.ले शौचालयमा राखिएको शिलापत्र अनावरण गरे संगै सञ्चालनमा ल्याईएको हो ।

    fbfec069-1a01-40fb-82f8-6154f46b5779.jpeg

    हस्तान्तरण कार्यक्रममा प्रमुख अतिथि एवं गेरुवा गाउँपालिकाका अध्यक्ष के. सी.ले पालिकाको समग्र शैक्षिक क्षेत्रको सुधारमा आफु सदैव दृढ भएर लागेको बताउँदै शौचालय निर्माणमा बि–ग्रुप र प्लान इन्टरनेशनल नेपालको सहयोग महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले शैक्षिक क्षेत्रको सुधारका निम्ती आगामी दिनमाबि–ग्रुप र प्लान इन्टरनेशनल नेपाल सँग हातेमालो गर्न तयार रहेको वताउनु भयो ।

    7af88ac4-6982-41e3-ab15-a250479ccf61.jpeg

    कार्यक्रममा बि–ग्रपका कार्यकारी निर्देशक डम्मर सुनारले शिक्षालाई गुणस्तरिय बनाउने पूर्वाधार निर्माणको पनि महत्वपूर्ण भुमिका हुने बताउनुभयो । उहाँले किशोरीहरु महिनावारी भएको बेला विद्यालयमा उचित व्यवस्थान हुन नसक्दा कक्षा छोड्ने अवस्थाको सृजना भएको देखिएकोले शौचालय निर्माणले यसलाई न्युनिकरण गर्न मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो । बाल बालिकाहरुलाई नियमित कक्षामा सहभागि गराउन सकेमात्र बाल विवाहका घटनाहरु न्युनिकरण हुन सक्ने उहाँको तर्क थियो ।

    330c469a-3b8e-4247-b34e-f67a62862aab.jpeg

    त्यस्तै प्लान इन्टरनेशनल नेपाल बाल विवाह न्यूनिकरण परियोजनाका कार्यक्रम अधिकृत बिमल गैरेले हेर्दा साना जस्तोे देखिएतापनि शौचालय निर्माणले शिक्षण सिकाई क्रियाकलापमा ठुलो महत्व राख्ने बताउनुभयो । उहाँले बालबालिकाहरुलाई निरन्तर शिक्षण सिकाई क्रियाकलापमा संलग्न गराउन सके बाल विवाह रोकथाममा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

    कार्यक्रममा प्रमुख अतिथि गेरुवा गाउँपालिकाका अध्यक्ष के. सी.ले प्लान इन्टरनेशनल नेपाल बाल विवाह न्यूनिकरण परियोजनाका कार्यक्रम अधिकृत बिमल गैरेलाइृ तथा विशेष अतिथि गाउँपालिका उपाध्यक्ष लक्ष्मी कुमारी चौधरी र विद्यालयका प्रधानाध्यापक तेज बहादुर सिंहले संयुक्त रुपमा वि–ग्रुपका कार्यकारी निर्देशक डम्मर सुनारलाई प्रशंसा पत्र प्रदान गर्नु भएको थियो ।

    u]jf ufpF kflnsfsf] ;]jf sf ;DalGw ; (3).jpg

    विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कैलाश थारुको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत मनतब्य विद्यालयका प्रधानाध्यापक तेज बहादुर सिंहले राख्नुभएको थियो । विशिष्ट अतिथि गेरुवा गाउँपालिकाका उपाध्यक्ष लक्ष्मी चौधरी रहनुभएको कार्यक्रमको संचालन विद्यालयका शिक्षक हिमाल खनालले गर्नुभएको थियो ।

    सम्बन्धित विषय:

    फेसबुकबाट तपाईको प्रतिक्रिया

    images
    images

    सम्बन्धित समाचार

    images

    Copyright © All right reserved to bardiyatoday.com Site By: Sobij